एआरभी खाइरहेका १२ जना बालबालिकालाई राहत


प्रकाशित मिति :2020-04-27 15:00:50

-महिला खबर-

ललितपुर । जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका भक्तपुरका एचआईभी संक्रमित बालबालिकालाई राहत दिइएको छ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले १२ वर्षमुनिका १२ जना बालबालिकालाई दुईमहिनाका लागि पुग्ने खाद्यान्न तथा पोषण उपलब्ध गराएको हो । एनएपीएनले प्रत्येक बालबालिकालाई प्रतिमहिना आठ किलो चामल, एक किलो दाल, एक किलो गेडागुडी, १० वटा अन्डा, एक किलो गहुँको पीठो, एक किलो चिनी, एक किलो नून, दूध दुई लिटर, फलफूल एक किलो र खाने तेल एक लिटर उपलब्ध गराएको जनाएको छ ।

एनएपीएनको सदस्य संस्था सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रका अध्यक्ष उमेश खड्काका अनुसार लकडाउनको कारण एचआईभी संक्रमित बालबालिकाको घरसम्मै पुगेर उक्त राहत वितरण गरिएको छ । दुई महिना दिइने उक्त राहतको लागि नेपालस्थित सेभ द चिल्ड्रेनले आर्थिक सहयोग गरेको एनएपीएनले जनाएको छ । सरकारले ग्लोबल फण्डमार्फत एचआईभी संक्रमित बालबालिकालाई प्रत्येक महिना एकएक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: