गर्भवती तथा सुत्केरीको विशेष ख्याल गर्न अपिल


प्रकाशित मिति :2020-04-27 15:10:19

–महिला खबर–

ललितपुर । कोरोना संक्रमण नियन्त्रण गर्दा गर्भवती तथा सुत्केरीको विशेष ख्याल गर्न सरकारसंग अपिल गरिएको छ । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल (एनएडब्लूएचआरडी)ले कोभिड–१९ को नियन्त्रण कार्य अन्तर्गत धार्मिक समूह एवं सुत्केरी हुने महिलाको अधिकार सुनिश्चितताका लागि सरकारसंग अपिल गरेको हो ।

बन्दाबन्दी शुरु भएदेखि नै गर्भवती, सुत्केरी तथा विशेष अवस्थाका महिलाबारे संवेदनशील रहन सरकारसंग आग्रह गर्दै आइरहेको सञ्जालले हिजो आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले गरेकय प्रतिवद्धता कागजमा मात्रै सिमित नराख्न आग्रह गरेको छ ।
विज्ञप्तिमा सुत्केरी हुने महिलाहरूका लागि सहज सुत्केरी हुने ब्यवस्था एवं गर्भवती महिलाका लागि सुरक्षित तवरले खोप, आईरन चक्की, नियमित जाँच जस्ता कुराहरूमा अझैं सुधार नआएको अवस्था तर्फ सरकारको ध्यानाकर्षण गराइएको छ ।

हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ;

नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन सरकारद्वारा गरिएको बन्दाबन्दी एक महिना पुगिसकेको छ । नागरिकहरूले सरकारको यो कदमको स्वागत गर्दै यसको पूर्ण पालना गरिरहेका छन् । आफ्ना नागरिकलाई सुरक्षित राख्न, तिनै तहका सरकारद्वारा अत्यन्तै जिम्मेवार भूमिका निर्वाह भैरहेकोमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजाल हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यी तिनै तह भित्र पनि स्थानीय सरकारको जिम्मेवार कदम एवं केहि पालिकाद्वारा दिर्घ सोच पूर्ण योजना निर्माण गरि कार्यान्वन थालिएकोमा राष्ट्रिय संजाल बिशेष धन्यवाद ज्ञापन गर्दछ ।

यी सकारात्मक कदमहरूका कारण नै हाम्रो कोरोना बिरुद्धको लडाई सहि दिशामा अगाडी बढीरहेको छ । तर यसका साथै पछिला समयमा समुदाय तहमा केहि बिशेष अवस्था सिर्जना भएका छन् । केहि संबेदनशील क्षेत्रमा सरकारको प्रतिबद्धता कागजमा मात्रै सिमित भैरहेको स्थिति छ । तिनलाई गम्भीरताका साथ लिंदै संबेदनशील कार्यान्वयन गर्न सक्दा मात्रै अहिलेसम्म देखिएको सकारात्मक प्रभाव रहनुका साथै कोरोना संक्रमण नियन्त्रण अभियान अझै बढी सुदृढ र मानव अधिकारमुखी हुनेछन् भन्ने तर्फ तिनै तहका सरकारको ध्यानाकर्षण गराउँदछौ ।

प्रदेश नम्बर १ को उदयपुर जिल्ला अहिले सबैभन्दा बढी आक्रान्त छ । त्यहाँ स्थानीय, प्रदेश एवं संघिय सरकारको समन्वयमा गरिएका कामहरू स्वागतयोग्य छन् । बिशेष गरी यो संक्रमण भारतीय जमातिबाट फैलिएको नभई स्थानीय विदेशबाट आएका व्यक्तिबाट फैलिएको भन्ने अनुशन्धानमा आधारित सूचना प्रवाह गरिएकोमा प्रदेश सरकारलाई धन्यबाद दिन चाहन्छौ । अहिले बिशेष परिस्थितिमा रहेका केहि धार्मिक समुहका व्यक्तिहरूमा देशका विभिन्न ठाउँमा कोरोना संक्रमण देखिएको भन्ने तथ्य अगाडी सारी एउटा समुहलाई नै दोषी देख्ने सूचनाहरू बिभिन्न प्रकारले बाहिर आईरहेका छन् । यस्ता सुचनाहरूले स्थानीयमा डर, त्रास सिर्जना गरेको छ । एउटा समुह लान्छित भैरहेको छ । स्थानीय तहबाट प्राप्त सुचना अनुसार यसले तरकारी बेच्ने, दूध बेच्ने, कपडा सिलाउने जस्ता विभिन्न गरिखाने व्यक्तिहरूको जनजिविकालाई प्रभावित गरिरहेको छ । मानब अधिकारका लागि यो अन्यन्तै गम्भीर स्थिति हो भन्ने हाम्रो ठहर छ ।

कुनै पनि संक्रमण कुनै खास समुहबाट मात्र आउदैन । यो बिश्व महामारीको समयमा जो पनि पहिला संक्रमित हुन सक्दछ र त्यसबाट अरुलाई सर्न सक्दछ । यो हामी सबैले बुझ्नु अनि सबैलाई बुझाउन जरुरी छ । समय मै यो कार्य गर्न नसक्दा यसले गम्भीर समस्या उत्पन्न गर्नेछ । यो प्रति तिनै तहका सरकारलाई गम्भीर हुन आग्रह गर्दछौ । त्यसैगरी हामिले स्थानीय तहमा काम गरेको आधारमा प्राप्त समस्याहरूको बिश्लेषण गर्दै यो भन्दा अगाडी पनि दुईवटा अपिल जारि गरिसकेका छौ । सो अपिल पत्रमा उठाइएका केहि महत्वपुर्ण बुँदाहरू सम्बोधन भएकोमा हामी सबै तहका सरकारलाई धन्यबाद दिन्छौ । तर पटक पटक अनुरोध गरिएको एवं सरकारबाट पनि धेरै पटक बोलिमा प्रतिबद्धता जनाईएको सुत्केरी हुने महिलाहरूका लागि सहज सुत्केरी हुने ब्यवस्था एवं गर्भवती महिलाका लागि सुरक्षित तवरले खोप, आईरनचक्की, नियमित जांच जस्ता कुराहरूमा अझैं सुधार नआएको अवस्था तर्फ सबैको ध्यानाकर्षण गराउदै सरकारद्वारा निम्न बुंदाहरू अबिलम्ब सम्बोधन गर्न अपिल गर्दछौ ।

१. देशमा कुनै पनि प्रकारको साम्प्रदायिकता स्वीकार छैन भन्दै कोरोना संक्रमणको कारण कुनै जात, वर्ग, समुह, लिङ्ग कसैलाई पनि विभेद गर्नु लान्छना लगाउनु गम्भीर अपराध हो भन्ने बारे देशभर व्यापक सुचना प्रशारित गर्ने ।

२. हरेक क्वारेन्टाईन स्थल एवं धेरै संक्रमित देखिएका ठाउँ, समुह, टोलमा अबिलम्ब मनोबिमर्श सेवाको व्यस्था गर्ने ।

३. महिला हिंसा सम्बन्धि हेर्ने गरि पुलिस एवं स्थानीय सरकार संलग्न बिशेष कमाण्ड निर्माण गर्ने ।

४. समुदाय तहदेखि रहेका बर्थिंग सेन्टर, प्राथमिक स्वास्थ्य चौकी, निजि तथा सरकारी अस्पताल सबैलाई हरेक सुत्केरी हुन आउने महिलालाई प्राथमिकताको आधारमा भर्ना गर्ने, अनि आवश्यक सहयोग गर्ने भन्ने परिपत्र गर्ने । भए नभएको अनुगमनको व्यवस्था गर्दै, सेवा प्रदान नगर्ने स्वास्थ्य निकायलाई सजाय गर्ने । यसकाबारे समुदाय तहदेखि सबैलाई जानकारी दिने ।

५. सुदुर पश्चिम प्रदेशको गौरीगंगा नगरपालिकामा बन्दाबंदीको अबधिमा हिंसा प्रभावित भएका महिलाहरूका लागी बिशेष सुरक्षित गृहको व्यवस्था गरेकोमा धन्यवाद दिंदै अन्य पालिकाहरूले पनि त्यस्तो व्यवस्था गर्ने ।

६. सबै क्वारेन्टाइन स्थलहरूमा महिला र बालिकाका लागि छुट्टै बस्ने व्यवस्था अनिवार्य गर्ने ।
हामी ७ वटैं प्रदेशमा रहेका महिला मानव अधिकार रक्षकहरू यस कोरोना भाइरस विरुद्धको सरकारको कार्यमा साथ र सहयोग गर्न प्रतिबद्ध छौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: