तिम्रो र मेरो लकडाउन बिचको भिन्नता


प्रकाशित मिति :2020-05-01 11:06:52

-डा. वीरेन्द्र के सी-

चिनको उहान शहरबाट सुरु भएको
कोरोना भाईरसको त्रासदिले
सारा संसार छोपिदिदा
संक्रमण अरु नफैलियोस् भनेर
आफ्नै घरमा केही समयको लागी
तिम्रो लकडाउन सुरु भयो ।

बच्चा र आमा मध्य
एउटालाई मात्र बचाउन सक्ने
चिकित्सकको कुरा सुनेर
आफू मरेर मलाई जन्म दिने
मेरी आमाको मृत्युपछि
अर्को बिहे गरेर बाबा अर्कै भइदिदा
सौतेनी आमाबाट जब म बेचिए
बम्बैको काल कोठीमा
मेरो लकडाउन सुरु भयो ।

तिम्रो लकडाउन
हरेक अखबारका पानाहरूमा छ
मेरो लकडाउन
फगत कविता र गानाहरूमा छ
तिमीलाई सम्भावित मृत्युबाट बचाउन
संसारले रक्षक बनेर हात फैलाएको छ
मलाई भने त्यही संसारले
भक्षक बनेर पलपल मेरो जवानी मैलाएको छ ।

तिम्रो लकडाउनमा झरेको आशु
र मेरो लकडाउनमा झरेको आशुको
रंगमा समानता भए पनि
रसमा आकाश पातालको भिन्नता छ
तिम्रो आशुमा मृत्युको भय छ
मेरो आशुमा जीवनको भय छ ।

तिम्रो लकडाउनको अन्त निश्चित छ
मेरो लकडाउनको अन्त अनिश्चित छ
तिम्रो लकडाउनको सिमा
भाईरसको अन्तसंग जोडिएको छ
मेरो लकडाउनको सिमा
मेरो जीवनको अन्तसंग जोडिएको छ ।

म चाहन्छु
तिमीलाई तिम्रो लकडाउनबाट
छिट्टै बाहिर निस्कनु परोस्
मलाई भने मेरो लकडाउनबाट
जिवितै बाहिर निस्कन नपरोस्
किनकि तिम्रो लकडाउनको दुनियामा मान छ
मेरो लकडाउनको दुनियामा अपमान छ
तिमीले लकडाउनबाट मान कमाएका छौ
मैले लकडाउनबाट बदनाम कमाएकी छु ।

तिम्रो लकडाउन
अन्त मात्र होईन, अन्तिम भईदियोस्
विज्ञानले यस्तो चमत्कार गरिदियोस्
कि फेरि कहिल्यै मानिसले
घर भित्रै बन्दि बस्नु नपरोस्
तिम्रो जस्तै
मेरो लकडाउन पनि अन्तिम भईदियोस्
मानवमा मानवता मौलाओस्
महिलाप्रतिको बिषालु नजरको अन्त होस्
ता कि फेरि म जस्तै अरु कुनै चेली
यसरी काल कोठीभित्र
लकडाउनमा बस्नु नपरोस् ।

(जन्मस्थान दाङ, हाल न्यूजिल्याण्ड)

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: