जबर्जस्ती करणी उद्योगमा दाजुभाइ पक्राउ


प्रकाशित मिति :2020-05-02 10:59:09

कैलाली । कैलालीमा १६ वर्षीया विवाहित किशोरीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले उनका श्रीमान् र जेठाजुलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाकी उनलाई दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेपछि पक्राउ गरिएको हो ।

जानकारी अनुसार किशोरीको गत वर्ष मागी विवाह भएको थियो। यही वैशाख १६ गते किशोरीलाई करणी गर्न खोजेको भन्दै परेको सामान्य उजुरीका आधारमा किशोरीलाई संरक्षण गृहमा राखेर दाजुभाइलाई कोरोना भाइरस संक्रमणको जोखिमका कारण परिवारको जिम्मा लगाइएको थियो।

किशोरी र उनका माइती पक्षले पुनः जबर्जस्ती करणी उद्योगमा उजुरी दिएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्‍नेतले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: