“कोरोनाले मर्दिन भन्थ्यौ साथी “


प्रकाशित मिति :2020-05-02 20:22:19

-मीना श्रेष्ठ-

घर देश बाट परदेश आएछि
कोठा बाड्नु पर्ने नि हुदोरहेछ
थुप्रै आए साथीहरू
थुप्रै खाले भए भेटहरु
खै? किन हो!
तिमिलाई नै रोजे मैले
तिम्रो साथ खोजे मैले
थाहा थिएन .. तर..
हाम्रो साथ यति छोटो होला ,भनेर

घरमा आए देखि ,
उ खोकी रहयो, सामान्य मान्यो
क्षणमै ज्वरो बढ्यो, क्षणमै घट्यो
क्षणमै सिरक खप्ट्याउन पर्ने
क्षणमै झ्यालहरु खोल्न पर्ने भयो
घरीघरी पखाला लागिरहयो

एम्बुलेन्स बोलाइयो
सामान्य भन्यो लगेन उसलाई
साच्चिकै उ बोल्दै थियो
देख्दा सामान्य थियो
दिनदिनै ज्वरो बढ्यो, गाह्रो भयो
उ हिडेरै अस्पताल गयो
छ घन्टाको पर्खाइमा कोरोना टेस्ट गर्यो

जे शंका गरेको ,त्यहीँ भयो
कोरोना पोजेटिभ देखियो
अस्पतालले सामान्य भन्यो, लिनै मानेन
डेढ किलोमीटर हिडेरै घर फर्कियो
र भन्यो ,”साथी म कोरोनाले मर्दिन के “

उसलाई ज्वरो अझ बढ्यो
उ रातभर खोकी रहयो
स्वासप्रस्वास असामान्य हुँदै गयो
म पटकपटक एम्बुलेन्स बोलाउन भन्थे
उल्टै मलाई सम्झाउदै भन्थ्यो
“म कोरोनाले मर्दिन साथी “

संक्रमण देखीएको एक हप्ता सम्म पनि
कत्ति पनि सुधार भएन उसलाई
खाना पकाएर दिन्थे ,तातोपानी दिन्थे
खकारहरु डस्बिनमा फ्याकिदिन्थे

उसलाई ज्वरो अझै बढ्यो
हुँदा हुँदै श्रवण शक्ति घट्यो ,कान सुन्न छोड्यो
मेरो आग्रहमा पुनः अस्पताल गयो
अस्पतालले खोकीको औसधि मात्र दियो

उ झन असामान्य हुँदै गयो
रातभर अनवरत रूपमा खोकी रहयो
उ झन पर बाट बोलाएको नसुन्ने भयो
चिच्याउदै एम्बुलेन्स बोलाउछु भने
जिद्दी उ बल्लतल्ल राजी भयो

एम्बुलेन्समा प्याराम्याडिक टिम आयो
चिकित्सा टोलिले बडो निर्दयी ब्यवहार गरे
कडा लक्षण नदेखिएको भन्दै
यो उमेरका लाई जोखिम हुन्न भन्दै ,
सुनेनन मेरो अनुरोध ,लगेनन अस्पताल

राति खाना खुवाए,आधा मात्र खान सक्यो
मध्यरातमा बाथरुम गयो त्यति थाहा छ,
उसको खोकीको आवाजले सधैं ननिदाउने म
उ नखोकी निदाएकोले म पनि निदाएछु ।

बिहानीको दस बजेछ
पवन चुपचाप सुतेको छ, खोकेन आज
मैले सुतिसुती मेरै कोठा बाट सोधे
“पवन जि आज त मज्जाले निदाउनु भो नि”
उ बोलेन ,पुनः सोधे चिच्याउदै
उ अझै बोलेन ,मन चिसो भयो

हत्तपत्त उठेर उसको कोठामा हेरे
उ भुइँमा घोप्टिरहेको थियो
उसको खुट्टामा किचेन सुज थियो
सबै कुरा बिर्सिएर उसको शरीरमा
ग्वार्लाम्म अंगालो मारे,

हात खुट्टा चिसा थिए
थिएनन ,छातीमा ढुकढुकी
आफुलाइ सम्हालेर एम्बुलेन्स बोलाए
स्वास्थकर्मिले छोय र भने.. हि इज नो मोर …..

आफुलाइ कसरी सम्झाउनु?
उ मलाई सम्झाइरहन्थ्यो
“साथी कोरोनाले मर्दिन के”
हेर त !! कोरोनाले मर्दिन भन्थ्यौ साथी
तर आज !! मर्यौ,छोडेर गयौ

जाने बेला गए पनि भनेनौ साथी
तिमि गए पछी
म सँग पनि कोरोना पोजेटिभ छ
तिमिलाई त बचाउन सकिन साथी
तर तिम्रो सम्झना बाचिरहेको छ,
म सँगै ,गुन्जिरहनेछ सधैं
तिमिले भनिरहन्थ्यौ
“कोरोनाले मर्दिन साथी ।”

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: