बन्दाबन्दीमा १ सय ७६ महिला तथा बालिकामाथि हिंसा


प्रकाशित मिति :2020-05-05 15:32:54

–महिला खबर–

ललितपुर । बन्दाबन्दी शुरु भएदेखि १८ जिल्लामा १ सय ७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले गरेको अभिलेखिकरण अनुसार बन्दाबन्दीका बेला महिला तथा बालिकामाथि हिंसा भएको हो ।

ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा यस अवधिमा सञ्चालन गरिएका ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक संस्थाहरुबाट घटनाहरु अभिलेखिकरण गरिएको हो । यी मध्ये ९ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका छन् । गएको हप्ता बैशाख १२ देखि १९ सम्ममा ४८ जना महिला तथा बालिकामाथि विभिन्न किसिमका हिंसा भए ।

जसमा १ सय ३ घरेलु हिंसा, १५ वटा सामाजिक हिंसा, २६ वटा बलात्कार, ५ बलात्कारको प्रयास, १ हत्या, २ हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, ७ वटा यौन दूव्र्यवहारका घटना, ११ आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ हत्याको प्रयासका घटना र २ साइवर अपराधसँग सम्बन्धित घटना रहेका छन् ।

हिंसा गर्ने व्यक्तिहरुमा सबैभन्दा बढी ७८ जना श्रीमान् रहेका छन् र ३७ जना परिवारका सदस्यहरु छन् । यो अवधिमा संकलन भएका २६ वटा बलात्कारका घटनाहरु मध्ये २ वटा सामूहिक बलात्कारकार हुन् । जुन गत हप्ता मात्र संकलन भएको हो । यस घटनामा प्रेमि र उनका साथीहरु संलग्न रहेको पाईएको छ ।

घटनामध्ये ७४ जना प्रहरीमा उजुरी दर्ताका लागि गए । २२ जना मेलमिलाप समितीमा गए भने २१ जना हिंसा सहन नसकेर आमाबुवाको घर÷आफन्तकोमा गएर बसिरहेका छन् । बाँकी प्रभावितहरुले कुनै पनि निकायमा सहयोगका लागि उजुरी गरेका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: