आरजूको अभियानः सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त खाना


प्रकाशित मिति :2020-05-15 15:55:14

–महिला खबर–

ललितपुर । बन्दाबन्दीमा सुत्केरी तथा गर्भावस्थाका कुनै पनि महिला कुपोषित नहोउन् भन्ने उद्देश्यले पोषणयुक्त खाना उपलब्ध गराउन थालिएको छ ।

सुरक्षित मातृत्व सञ्जाल महासंघ केन्द्रीय कार्यालयको सहयोगमा प्रदेश नम्बर दुई, सुदूरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर लगायत अन्य केही जिल्लामा आर्थिक रुपमा विपन्न सुत्केरी तथा गर्भवतीहरूलाई पोषणयुक्त खाना दिने अभियान थालिएको हो ।

सुरक्षित मातृत्व सञ्जाल महासंघका केन्द्रीय अध्यक्ष तथा कांग्रेस नेता डा. आरजू राणाका अनुसार दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने सुत्केरी तथा गर्भवतीहरुलाई यो बन्दाबन्दीले समस्या पारेपछि महासंघले यो अभियान थालेको हो ।

यो अभियानबाट बन्दाबन्दीले हातमुख जोर्न अप्ठ्यारो भएका अति गरिव, विपन्न परिवारका सुत्केरी तथा गर्भवतीहरुलाई केही दिन भए पनि राहत मिलेको पनि डा. राणाको भनाइ छ ।

सुरक्षित मातृत्व सञ्जाल महासंघका कैलाली अध्यक्ष तथा युवा नेता विनय लामाले अभियान अन्तरगत कैलाली र कञ्चनपुरका मुक्त कमैया तथा सुकुम्वासी वस्तीका सुत्केरी तथा गर्भवतीलाई सहयोग गर्न आफूहरु वस्ती वस्ती पुगिरहेको बताए ।

संस्थाले पोषणयुक्त खाना दिन शुरु गरेपछि दिनदिनै विभिन्न ठाउँबाट सहयोग माग्ने क्रम बढिरहेको पनि लामाले महिला खबरलाई बताए ।

सुरक्षित मातृत्व सञ्जाल महासंघका कैलाली अध्यक्ष लामाका अनुसार संस्थाले पोषण खानाअन्तर्गत परिवार हेरेर चामल, तेल, अण्डा, नुन, चिनी, दाल, आलु लगायत डिटोल साबुन र मास्क दिने गरेको छ ।

कुनै पनि विपन्न अवस्थाका सुत्केरी तथा गर्भवतीलाई यो सेवा आवश्यक परे तुरुन्त सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: