१३ वर्षीया बालिका बलात्कार गरि गर्भवती बनाउने तीन जना प्रतिष्ठित व्यक्ति पक्राउ


प्रकाशित मिति :2020-05-15 18:46:20

सरिता बराइली राई

धनकुटा । बालिका बलात्कार गरि गर्भवती बनाउनेमध्यका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ । भने एक जना फरार भएका छन् ।

१३ वर्षकी बालिकालाई ललाई फकाई, डर धम्की देखाई बलात्कार गर्ने धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं.६ स्थित आत्माराका गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई आज धनकुटा प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न भनिएका अर्का मदन अधिकारी भने फरार छन् ।

आफ्नो नाबालक छोरी बलात्कार गरि गर्भवती बनाएको कुरा हिजो बिहीबार थाहा पाएलगत्तै आज बालिकाका बुबाले जवरजस्ती करणीको मुद्दा दर्ता गराएपछि तीन जना पक्राउ परेका हुन् ।

अत्यन्त गरिब परिवारकी बालिकालाई डर, धम्की र ललाई फकाई बलात्कार गर्ने चारै जना ५० वर्ष माथि उमेरका, राजनीतिक दलका नेता कार्यकर्ता तथा स्थानीय व्यवसायी हुन् ।

आरोपित मदन अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविका नेपाली शिक्षक, नेकपा निकट शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख हुन् ।

शिक्षक अधिकारीले परीक्षाको फाराम भर्नको लागि तिम्रो बुबाको नागरिकता चाहिएको छ ल्याएर आउनु भनेपछि नागरिकता बोकेर गएका बेला उनकै घरमा बलात्कार गरेको बालिकाले बताइन् ।

धनकुटा वडा नं. ६ कै गौरी अत्री पनि नेकपाका ६ नम्बर वडा कमिटी सदस्य तथा व्यापारी हुन् । उनले बालिका गोठालो गएका बेला डर धम्की देखाई बलात्कार गरेको थाहा भएको छ ।

यस्तै सिरान बजारका देवेन्द्र श्रेष्ठ सिरानबजारमा नेवारी खाजा पसल चलाउँछन् । श्रेष्ठले धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र डल्फिन साइडमा गोठालो गएको दाउ छोपेर फोहोर व्यवस्थापन केन्द्रमा पटकपटक बलात्कार गरेको बालिकाले बताईन् ।

बुबा, हजुरबुबाको उमेरका आफ्नै शिक्षक र अन्य तीन जनाले पटकपटक बलात्कार गरेपछि मानसिक रुपमा प्रताडित हुँदै आएकी उनले आफूमाथि भएको घटना बारे कसलाई र कसरी भन्ने बारे थाहा नपाएको बताइन् । उनले भनिन्, ‘आमासंग बोलचाल छैन, बुबासंग भन्न सकिन ।’

कचिडेका भक्तबहादुर मगरले पनि गोठालो गएकै बेला धनकुटाको सल्लेरी वन क्षेत्रमा आफूलाई बलात्कार गरेको बालिकाको भनाई छ ।

चारै जनाले आफूलाई पटकपटक बलात्कार गरेको र कसैलाई भने आफू र बुबालाई मारिदिने धम्की दिँदै आएको पनि बालिकाले बताएकी छन् ।

गत वर्ष १२ वर्षको हुँदा महिनावारी भएकी बालिकाको पेटमा अहिले पाँच महिनाको गर्भ छ । धेरै नबोल्ने, लज्जालु स्वभावकी बालिका घटना बाहिरिएपछि आरोपितले केही गरिदिन्छन् कि भन्ने त्रासमा छिन् ।

बुबा, हजुरबुबाको उमेरका आफ्नै शिक्षक र अन्य तीन जनाले पटकपटक बलात्कार गरेपछि मानसिक रुपमा प्रताडित हुँदै आएकी उनले आफूमाथि भएको घटना बारे कसलाई र कसरी भन्ने बारे थाहा नपाएको बताइन् । उनले भनिन्, ‘आमासंग बोलचाल छैन, बुबासंग भन्न सकिन ।’

स्थानीयले दिएको जानकारी अनुसार बालिकाकी आमामाथि बुबाले सौता ल्याएपछि उनी र उनकी बहिनीलाई सानैमा छोडेर आमाले अर्कैसंग बिहे गरेकी थिइन् । दोस्रो श्रीमतीसंग पनि सम्बन्ध राम्रो नहुँदा उनका बुबा र सौतेनी आमा अहिले अलग बस्छन् । बालिका र उनकी बहिनी बुबासंग बस्छन् भने सौतेनी आमा तीन छोरीसहित भिन्नै बस्छिन् ।

घटना मिलापत्रको दवाव

बालिका बलात्कार गरि गर्भवती बनाएको घटना बाहिरिएपछि घटना बाहिर नलैजान र मिलापत्र गर्न ठूलो चलखेल शुरु भएको थाहा भएको छ ।

बालिकाले घटनामा संलग्न व्यक्तिको नाम सार्वजनिक गरेपछि आरोपितले बालिकाका बुबालाई प्रहरीमा उजुरी नगर्नका निम्ति प्रति व्यक्ति तीन तीन लाख रुपैयाँ दिने प्रलोभनसहित दवाव दिएको थाहा भएको छ । यद्यपि अत्यन्तै गरिव अवस्थाका बालिकाका बुबाले जवरजस्ती करणी अन्तरगत आफूले मुद्दा दर्ता गरिसकेको र छोरीको न्यायका लागि कुनै पनि हालतमा मुद्दा कमजोर बनाउने कार्यमा नलाग्ने बताएका छन् ।

धनकुटाका अधिकारकर्मी कोपिला शंकरका अनुसार बालिकाको आजै जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँच गरिएको छ । पेटको गर्भ के गर्ने भन्ने बारेमा धनकुटा जिल्ला अस्पतालका डाक्टर पुजन विक लगायतसंग सल्लाह भईरहेको अधिकारकर्मी शंकरले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: