बालिका बलात्कारको आरोप लागेपछि फरार शिक्षकले गरे आत्मसमर्पण


प्रकाशित मिति :2020-05-17 14:38:01

-महिला खबर-

धनकुटा । धनकुटाकी १३ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

बालिकालाई यौन शोषण गरेर गर्भवती बनाएको घटना जेठ १ गते सार्वजनिक भएलगत्तै फरार भएका अधिकारीले हिजो जेठ ३ गते जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसमर्पण गरेका हुन् । यसअघि जेठ तीन गते दिउसो उनले आफ्नो फेसबुकमार्फत ‘म आफै प्रहरीकोमा जान्छु’ भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए । अधिकारीले त्यसको करिब ४ घण्टापछि अपरान्ह्र ४ बजेतिर सुटुक्क प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

बालिकालाई यौन शोषण गरेर गर्भवती बनाएको आरोपमा अरु तीन जनालाई प्रहरीले जेठ २ गते नै पक्राउ गरेको थियो । प्रहरीले धनकुटा नगरपालिका ६ का गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई पक्राउ गरे पक्राउ गरे पनि शिक्षक अधिकारी भने फरार थिए ।

http://mahilakhabar.com/news/2020/05/16/52873.html

http://mahilakhabar.com/news/2020/05/15/52852.html

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: