कोरोनाबाट आमा गुमाएका १२ दिने शिशु आइसोलेसनमा


प्रकाशित मिति :2020-05-17 15:26:54

ललितपुर । कोरोनाभाइरसका कारण आमा गुमाएका १२ दिने नवजात शिशुलाई आइसोलेसनमा राखिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १२ दिने शिशुसहित श्रीमान्, आमा र बहिनीलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको हो ।

आइसोलेसनमा राखिएका सबैको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनीहरु सबैको कोरोना टेस्ट गर्नलाई स्वाब लिएको र भोलिसम्म नतिजा आउँने पनि अस्पतालले बताएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । पछि उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

ती महिला गत वैशाख २४ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् ।

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: