हिंसा गर्नेमा श्रीमान् धेरै


बन्दाबन्दीकोे समयावधिमा ३ सय ३६ जना महिला तथा बालिकामाथि हिंसा

प्रकाशित मिति :2020-05-19 14:47:46

-महिला खबर-

ललितपुर । बन्दाबन्दीको समयमा ३३ जिल्लामा ३ सय ३६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको पाईएको छ । ओरेक नेपालले बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म मात्रै ८६ महिला तथा बालिकामाथि भएका हिंसाका घटनाको अभिलेखिकरण गरेको छ । ओरेकले बन्दाबन्दी शुरु भएपछि विगतका हप्ताहरूमा भएका थप १९ वटा घटनाहरूको पनि यो हप्तामा अभिलेखिकरण गरेको जनाएको छ ।

अभिलेखिकरण भएका घटनाहरूमध्ये सबैभन्दा बढी १ सय ९८ वटा घरेलु हिंसाका घटना रहेका छन् । त्यस्तैगरि २९ वटा सामाजिक हिंसाका घटना छन् । सामाजिक हिंसाका घटनाहरूमा १४ वटा जवरजस्ती तथा कम उमेरको विवाह, ११ वटा चारित्रिक आरोप, ४ बोक्सि आरोपमा मानसिक यातना दिएका घटनाहरू रहेका छन् । यसैगरी ४८ वटा बलात्कार, १० वटा बलात्कारको प्रयास, १२ वटा यौन दुव्र्यवहार, ५ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, १६ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना, २ वटा मानव बेचविखन र १० वटा साइवर अपराधसँग सम्बन्धीत रहेका छन् ।

अभिलेखिकरण गरिएका घटनाहरूमा सबैभन्दा बढी १ सय ५५ जना श्रीमान्् र ६७ जना परिवारका सदस्यहरूको संलग्नता रहेको पाईएको छ । यस्तैगरि ६६ जना छिमेकी, १७ जना परिवारका सदस्यबाट, ७ जना साथीबाट, ४ जना घरमालिक, ३१ जना पहिचान नखुलेको व्यक्तिबाट हिंसा भएको पाईएको छ ।

हिंसामा संलग्न भएका पीडकहरूमध्ये सबैभन्दा बढी १ सय १२ जना २५ देखि ३५ वर्ष समूहका रहेको पाईएको छ । यस्तैगरि क्रमश ३६ देखि ४५ वर्ष उमेर समूहका ८४ जना, १७ देखि २५ वर्षका ७२ जना, ४६ वर्षमाथिका ३८ जना, १६ वर्षभन्दा कम उमेरका २ जना, र उमेर समूह थाहा नभएको ३९ जना रहेका छन् ।

हिंसा प्रभावितहरूमध्ये सबैभन्दा बढी १ सय ८ जना महिलाहरू १७ देखि २५ वर्ष उमेर समूहका रहेको पाईएको छ । यस्तैगरी २६ देखि ३५ वर्ष उमेर समूहका १०३ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ४७ जना, ४६ वर्षभन्दा माथिका उमेर समूहका २६ जना महिलाहरू विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ वर्षभन्दा कम उमेरका ४४ जना बालिकाहरू हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका ८ जना हिंसाबाट प्रभावित भएका छन् ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरूमध्ये १५९ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३९ जना मेलमिलाप समितीमा गएको, ४१ जना हिंसा सहन नसकेर आमाबुवाको घर÷ आफन्तकोमा गएर बसिरहेका र ९७ जना प्रभावितलेकुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेकोर वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।

संस्थासँग आबद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित २ सय ८६ र ३ सय ८ हिंसा प्रभावित÷प्रभावितको परिवारका सदस्य गरी जम्मा ५ सय ९४ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरेको ओरेकले जनाएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरूबाट, यी घटनाहरू अभिलेखिकरण गरिएको छ । यी मध्ये ३० वटा घटनाहरू सञ्चार माध्यमबाट संकलन गरिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: