‘एम्बेस्डर अफ एयर’ सम्मान पाउने डा. अञ्जान शाक्य एसियाकै पहिलो राजदूत


प्रकाशित मिति :2020-05-24 18:00:58

–महिला खबर–

ललितपुर । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मानित भएकी छन् । इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिएको यो सम्मान पाउने डा. शाक्य एसियाकै पहिलो राजदूत हुन् ।

राजदूत शाक्यलाई एम्बेसडर क्लब अफ इजरायलले उत्कृष्ट राजदूतका रुपमा यो सम्मान दिएको हो । ‘एम्बेसडर क्लब अफ इजरायल’का निर्देशक समितिले इजरायलमा रहेका ९० कूटनीतिक नियोगबाट शाक्यलाई छनोट गरिएको जनाएको छ । नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन डा. शाक्यले महत्वपूर्ण योगदान गरेकाले उनको पक्षमा मत जाहेर गरेको निर्देशक समितिको भनाइ छ ।

विसं २०७५ फागुन ३ गते राजदूत नियुक्त शाक्यले कार्यभार सम्हालसंगै नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन काम गर्दै आएकी थिइन् ।

राजदूत, डा. अञ्जान शाक्य

केही दिनअघि मात्रै राजदूत शाक्यको पहलमा नेपाल–इजरायल चेम्बर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देशबीच व्यापार–व्यवसाय आदान–प्रदान गर्नेसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, ऊर्जा आदि क्षेत्रमा व्यापार–व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।

शाक्यले राजदूतको पदभार लिनुअघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया समुद्री तटमा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होडिङबोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो । पछि शाक्यको पहलमा त्यसलाई सच्याइएको थियो । फेरिएको होडिङबोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झण्डा नेपालको राखिएको छ ।

राजदूत डा. शाक्यले यो सम्मानलाई आफूले नेपाल र नेपालीप्रतिको सम्मानका रूपमा लिएको भन्दै यसले नेपाल र नेपालीको शिर उच्च बनाएको बताएकी छन् ।

http://mahilakhabar.com/news/2018/11/16/46911.html

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: