रगतको कथा


कविता

प्रकाशित मिति :2020-05-25 20:04:49

आफ्नो कुमारित्वको
रगतमा जबर्जस्ती
लतपतिएँ जुन दिन
त्यस दिनदेखि तर्सन्छु
हरेक रगतको टाटोसँग
लाग्छ, प्रत्येक रगतको
पीडा मेरै जस्तो हुँदो हो

रातोः पराक्रम जनाउँने रङ्ग
जवानीको रङ, उन्मादको रङ
र, पनि मलाई किन किन
कहिल्यै मन परेन यो ?
किनकी,
त्यहि रातो रङको लेपनमा
जन्मिएका थिए
मेरो कुमारित्व खोस्नेहरू पनि

रातो भएकै कसुरमा म घृणा गर्छु
आगोलाई पनि
भत्भती पोल्ने यसको धर्म
र, मैले पोलाई खपेको त्यो समय
कहिल्यै भिन्न लागेन
सँधै लागि रह्यो कुमारी रगत
अनि बलीका लागी
पर्सिएका प्राणीका रगतका
कथारव्यथा
सायद एउटै भएर होला !
प्राणी रेटिन्छन्
पत्थरको देबीलाई खुसी पार्न,
अन्धबिस्वासको खुकुरीले
अनि बिटुल्याइन्छ अर्की साक्षात देबीलाई
कुमारीत्वको बली लिएर !

प्रीति कार्की

मन एक तमासले कुँडिन्छ
सम्झेर केही थान नरअसुरहरू
जसलाई लागिरह्यो, लागिरहेछ
भाले हुनु भनेको झम्टिन सक्ने हुनु हो
र, खनिनु हो निम्छरोमाथि
अनि गाइरह्यो एउटा युगले तिनैका
बहादुरीका गीत
र, त आज पनि छोरी हुनुमा
पुर्पुरो समाउनेको जमात भेटिन्छ

मन कुँडिए पनि
मगज क्रान्तिकारी बन्दा
रगतै रगतैको होली खेल्दा
मजा मान्नेहरुलाई
सुत्केरीको रगतमा लतपताएर
भन्ने मन छ
यहि हो तिम्रो असलि अस्तित्व
अनि रजस्वलाको रगतसमेत
नछाड्नेहरुलाई सझाउन मन छ
अपमानको बदलामा द्रौपदीले
महाभारत रचेको कुरा।
ता कि महसुस गरुन्
तिनले रगतको पीडा
त्यसले दिएको आँशु
र , पुकार मिसिएको चित्कार !

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: