सामाजिक सुरक्षा भत्ताको निरन्तरता


प्रकाशित मिति :2020-05-28 18:22:17

-महिला खबर-

ललितपुर। सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । ६० वर्ष मुनिका एकल महिलाको सामाजिक सुरक्षा भत्ता काटिने चर्चाका बीच सरकारले आगामी आर्थिक वर्ष सबै प्रकारका सामाजिक सुरक्षा कार्यक्रम यथावत राख्ने भएको हो ।

यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले ६८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि भने करिब अर्ब रुपैयाँले बजेट विनियोजन भएको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०७६ चैत २६ मा ६० वर्ष मुनिका एकल महिला र नीलो कार्ड प्राप्त अपाङ्गता भएकाको भत्ता स्थानीय तहलाई पत्र पठाएर सुबिधा कटौती गर्न भनेपछि एकल महिलाको क्षेत्रमा कार्यरत संस्थाहरुले विरोध गर्दै आएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: