कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै


प्रकाशित मिति :2020-05-29 18:46:47

–महिला खबर–

ललितपुर । कोभिड—१९ संक्रमणका दौरान छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र आउन सक्ने चुनौतीहरु विषयमा अनलाइन वेबिनार हुने भएको छ ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आयोजना गर्ने वेबिनार भोली जेठ १७ गते शनिबार १ बजेबाट शुरु हुने सञ्जालका केन्द्रीय अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिइन् ।

डा. अधिकारीले सहजिकरण गर्ने कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद मन जिसी केसी प्रमुख वक्ता रहनेछन् ।

आयोजकका अनुसार कार्यक्रममा सात वटै प्रदेशका महिला मानव अधिकार रक्षक लगायत मानवअधिकार र प्रजनन् स्वास्थ्य अधिकारको मुद्दामा सरोकार राख्ने व्यक्तिहरुको सहभागिता रहनेछ ।

कार्यक्रम महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल (National Alliance of Women Human Rights Defenders NAWHRD) को फेसबुक पेजबाट समेत प्रत्यक्ष रुपमा प्रसारण हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: