गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाईनः मन्त्री गुरुङ


प्रकाशित मिति :2020-06-08 09:00:04

-महिला खबर-

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरि ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्ने बताएका छन् । मन्त्री गुरुङले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि क्वारेन्टाईनलगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरू परिचालन गरिएको पनि स्पष्ट पारे ।

आईतबार मन्त्रालयका विज्ञहरूसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै उनले कोरोना भाइरसको महामारीबाट असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तीलगायत संवेदनशील वर्ग र समूदायको सुरक्षा गर्न सरकारले विशेष ध्यान दिईरहेको पनि बताए । मन्त्री गुरुङले बन्दाबन्दी (लकडाउन) खुकुलो बनाउँदै लैजाने नीति सरकारले लिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

बैठकमा विज्ञहरू चाँदनी जोशी, रेणु अधिकारी, लक्ष्मी कार्की, राधा पौडेल, लिली थापा, निर्मला शर्मा, नितु पण्डितलगायतले कोरोना भाईरसको महामारीबाट जोगाउन महिलाहरूका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्न, महिला हिंसाका घटना हुन नदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: