अछामबाट क्वारेन्टाइनमा बसिरहेकी गर्भवती र कञ्चनपुरकी सुत्केरीको हेलिकप्टरबाट उद्धार


प्रकाशित मिति :2020-06-08 14:40:28

–महिला खबर–

ललितपुर । सुदूरपश्चिम प्रदेश सरकारले आज भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेकी एक गर्भवती र सुत्केरीपछि मृगौलामा समस्या भएकी महिलाको हेलिकप्टरबाट उद्धार गरेको छ । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षीया निर्मला खड्का र कञ्चनपुरको पुनर्वास नगरपालिकाकी २३ वर्षीया लजिमा मगरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

भारतबाट आएर ११ दिन अघि गाउँ पुगी वडामा रहेको दया पिलतोला माविको क्वारेन्टाइनमा रहेकी निर्मलाको पेट दुख्ने र सुन्निने समस्या देखिएपछि शनिबार बयलपाटा अस्पताल भर्ना गरिएको थियो । आठ महिनाकी गर्भवती निर्मलालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरि बाँकेको कोहलपुर लगिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

बयलपाटा अस्पतालका जनस्वास्थ्यप्रमुख डा. विकास गौचनका अनसार निर्मलाको आन्द्रा ब्लक भएर पेट फुलेको छ । उनी गर्भवती रहेको र आन्द्रामा घाउ भएकोले त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले जिल्ला बाहिर लिन आइतबार नै रिफर गरेको थियो ।

निर्मलाको आरडीटी परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखाएको छ । भारतबाट घर फर्कनु अघि पेटमै समस्या आएर उपचार भएको निर्मलाका श्रीमान् राम खड्काले जानकारी दिए । निर्मलाका पति पत्नी साथमै आएर क्वारेन्टाइनमा बसिरहेका थिए ।

कञ्चनपुरकी लजिमालाई सुत्केरी भएपछि मिर्गौलामा समस्या देखिएपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरीपछि उनको स्वास्थ्यमा जटिलता देखिएपछि हवाई उद्धार गरी काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको सुदूरपश्चिम प्रदेश सरकारकोे सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: