बालिकाले सामूहिक बलात्कार गर्न खोज्नेको औंला टोकिदिइन्, प्रहरीले जाहेरी दर्ता गरेन


प्रकाशित मिति :2020-06-08 15:12:23

–महिला खबर–

ललितपुर । अनाथ बालिकामाथि बलात्कारको प्रयास गर्ने दुई किशोरविरुद्ध दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको छैन ।

सिराहा जिल्लाको लाहान नगरपालिका वडा नम्बर २० हरिनगरा गाउँका १७ र १४ वर्षका दुई किशोरले ११ वर्षकी बालिकामाथि सामूहिक बलात्कारको प्रयास गरेको उजुरी प्रहरीले दर्ता गर्न नमानेको हो ।

लाहान नगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष गणेश चौधरीका अनुसार ११ वर्षकी बालिका यही जेठ २२ गते बिहान साढे ११ बजेको समयमा खेतमा घाँस काट्न गएका बेला दुई किशोरले सामूहिक बलात्कारको प्रयास गरेका थिए ।

वडा अध्यक्ष चौधरीका अनुसार बालिकालाई कुटपिट गरि भूइँमा लडाएर एउटाले छातीमा चढी मुख च्पापेर अर्कोले लुगा खोल्दै गर्दा बालिकाले मुख च्याप्ने केटाको औंला बेसरी टोकिदिएपछि हात छोडेको र उनको रुवाबासी र कोलाहल सुनेर अरु मान्छे जम्मा भएपछि बलात्कार प्रयास गर्नेहरु भागेका थिए ।

आमाको मृत्युपछि बुबाले अर्कै विहे गरि वेवास्ता गर्दा सहाराविहीन भएकी बालिकालाई केही समयदेखि एक जना स्थानीयले आफ्नो घरमा राखेर आश्रय दिँदै आएका छन् ।

बालिकालाई आश्रय दिएका व्यक्तिले बालिकामाथि बलात्कार प्रयासजस्तो जघन्य अपराध भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय लाहानमा किटानी जाहेरी दर्ता गर्न गएको तर ईलाका प्रहरी कार्यालयले बलात्कार भएको छैन, किन उजुरी दर्ता गर्नुपर्यो र ? भन्दै उजुरी दर्ता गर्न नमानेको बताए ।

२२ गतेदेखि नै आफूहरु ईलाका प्रहरी कार्यालयमा धाइरहेको भए पनि प्रहरीले यस्तो लकडाउनका बेला पनि किन मुद्दा मामिला गर्नुुपर्यो भन्दै गेटबाटै भित्रै जान नदिएको वडा अध्यक्ष चौधरीले गुनासो गरे ।

बलात्कारको प्रयास गर्नेहरुले बालिकाले औंला टोकिदिएपछि दुवै जना मिलेर कुटपिट गर्दा बालिकाको एउटा दाँत नै झरेको बताइएको छ ।

यस सम्बन्धमा बुझ्न महिला खबरले ईलाका प्रहरी कार्यालय लाहानका प्रमुख डीएसपी शरद कुमार थापाको सम्पर्क नम्बर ९८५२८३३८८९ मा पटकपटक फोन गर्दा र सन्देश पठाउँदा पनि कुनै प्रतिक्रिया आएन ।

घटनापछि बलात्कारको प्रयास गर्ने किशोरहरु गाउँमै घुमिरहेको र उनीहरुलाई राजनीतिक संरक्षण मिलेको स्थानीयको आरोप छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: