महिला मन्त्रीको निर्देशनमा बन्दाबन्दीमा मात्रै ६७ जना सडक बालबालिकाको उद्धार


प्रकाशित मिति :2020-06-09 15:16:21

–महिला खबर–

ल्लितपुर । काठमाडौंका विभिन्न स्थानबाट दुई दर्जन बढि बालबालिकाको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा ज्येष्ठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, पुरानो बसपार्क र चावहिल चुच्चेपाटीमा बेवारिसे अवस्थामा भेटिएका २५ जना बालबालिकालाई उद्धार गरि पुनस्र्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो ।

लकडाउनका बेला सामाजिक संजालहरुमा काठमाडौंका विभिन्न स्थानमा सडक बालबालिका वेवारिसे अवस्थामा भेटिएको उल्लेख भए लगत्तै उनीहरुको तत्काल उद्धार गरि व्यवस्थापन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले परिषद्लाई निर्देशन दिएका थिए ।

मन्त्री गुरुङको निर्देशन आएलगत्तै बालबालिका खोजतलास समन्वय केन्द्रसँगको समन्वयमा ठमेल क्षेत्रबाट १७ जना, पूरानो बसपार्कबाट ३ जना, चावहिल चुच्चेपाटीबाट ५ जनाको उद्धार गरि पुनस्र्थापना केन्द्रहरुमा संरक्षणको उचित व्यवस्था मिलाइएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उद्धार गरिएका सबै बालिबालिकाहरुको कोरोना परीक्षणको पनि व्यवस्था मिलाइएको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।

केन्द्रका डीएसपी रमेशबहादुर सिंहका अनुसार लकडाउनका बेला बालबालिका सडकमा आउन नदिन उच्च सतर्कता अपनाइएको छ ।

मन्त्री गुरुङको प्रत्यक्ष निर्देशनमा लकडाउनको यस अवधिमा काठमाडौंं उपत्यकाभित्र ३५ जना र उपत्यका बाहिर ३२ जना गरि ६७ जना सडक बालबालिकाको उद्धारी गरि संरक्षणको व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ ।

सरकारले २०७३ साल बैशाखबाट ‘सडकमुक्त बालबालिका’अभियान अन्तरगत सडक बालबालिकाको उद्धार र व्यवस्थापनको काम सुरु गरेको हो । हालसम्म १ हजार २ सय ६८ बालक र १ सय ९० जना बालिका गरि १ हजार ४ सय ७६ जनाको उद्धार गरि संरक्षणको उचित व्यवस्था मिलाइएको पनि परिषद्का प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

यसैबीच, मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोज तलास समन्वय केन्द्रको निःशुल्क हटलाईन सेवा १०४ मा सम्पर्क गरि उनीहरुको उद्धार र संरक्षणका लागि आवश्यक सहयोग गर्न हुन सबैलाई पुनः अनुरोध गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: