१५ दिनमा एक हजार महिलालाई पर्पल झोला


प्रकाशित मिति :2020-06-11 19:42:41

–महिला खबर–

ललितपुर । भारतबाट गौरीफन्टा सिमा हुँदै नेपाल भित्रिएका एक हजार महिलाहरूलाई पर्पल झोला वितरण गरिएको छ ।

 यही जेठ १५ गतेबाट पर्पल फाउण्डेशनले गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका महिलाहरूलाई पर्पल झोला वितरण गरेको थियो ।

झोलामा महिलालाई जतिसुकै बेला आवश्यक पर्न सक्ने सेनेटरी प्याड, साबुन, मास्क, १ दर्जन बिस्कुट र परिवार नियोजनका साधन (पिल्स र कण्डम) राखिएको पर्पल फाउण्डेशनका अध्यक्ष निलम शर्माले जानकारी दिइन् । अध्यक्ष शर्माका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय कैलाली र स्वास्थ मन्त्रालय अन्तर्गतको परिवार कल्याण बिभाग काठमाडौंले परिवार नियोजनका साधन उपलब्ध गराएको थियो ।

महिलाको प्रजनन् स्वास्थ्य अधिकारको सम्मान गर्दै तत्कालका आवश्यकता पूर्ति होउन् भन्ने उद्देश्यले १५ दिनमा एक हजार महिलालाई हाईजेनिक प्याक (पर्पल झोला) वितरण गरेकये फाउण्डेशनका सदस्य सृजना काफ्लेले बताइन् । पर्पल झोला नाकामै पुगेर ह्युमानिटी फाउन्डेसनका सदस्यहरूले वितरण गरेकये पनि काफ्ले बताइन् ।

अध्यक्ष शर्माले अबचाहिँ फाउण्डेशनले सुदूरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेशको कपिलवस्तु र रुपन्देहीका क्वारेन्टाइनमा रहेका सुत्केरी र गर्भवती महिलाहरूलाई पनि पर्पल झोला वितरण गर्न लागेको जानकारी दिइन् ।

फाउण्डेशनले स्थानीय निकायहरूले क्वारेन्टाइन स्थापना गर्दा, व्यवस्थापन गर्दा र राहत दिँदा लैंगिकमैत्री दृष्टिकोणबाट काम गर्नु पर्ने पैरवी गर्दै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: