पत्रकारले महामारीमा कसरी जोगिने ? जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेका सुझाव


प्रकाशित मिति :2020-06-11 22:02:10

–महिला खबर–

ललितपुर । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले कोभिड–१९ संक्रमणमा प्रभावकारी समाचार कसरी संकलन गर्ने भन्ने बारेमा भर्चुअल अन्तरक्रिया गरेको छ ।

म्यागका अध्यक्ष बबिता बस्नेतले महामारीका कारण गरिएको बन्दाबन्दीमा आफू र अरुमा संक्रमण हुन नदिई सुरक्षित तरिकाले कसरी समाचार संकलन गर्न सकिन्छ भन्ने बारेमा अनुभव साटासाट गर्न र विज्ञका सुझाव सुन्न अन्तरक्रिया आयोजना गरिएको बताइन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी र डा. महेन्द्र विष्टले महामारीका बेला गर्न सकिने प्रभावकारी समाचार संकलनका बारेमा प्रस्तुति राखेका थिए ।

यस्तै जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेले कोरोनाको महामारीमा पत्रकारले आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्दै कसरी काम गर्ने भन्ने बारेमा सल्लाह दिए ।

भर्चुअल कार्यक्रममा देशभरिबाट ३५ भन्दा बढी पत्रकारहरु सहभागी भएका थिए ।

कार्यक्रममा डा. पाण्डेले पत्रकारलाई दिएका सुझाव यस्ता छन्,

– कोरोनाका कारण विश्वमा २० करोड भन्दा धेरै मानिस बेरोजगार भएका छन् । यसले मनोसामाजिक समस्या बढेको छ । यसलाई स्वीकार गर्न सक्यौं भने हामी मनोसामाजिक समस्याबाट जोगिन सक्छौं ।
– पत्रकारले समाचार लेख्ने हो, आफै समाचार हुने होइन ।
– हात धुने र मास्क लाउने बानीलाई जीवनशैलीको रुपमा अपनाउने ।
– ६ फिटको भौतिक दुरी कायम गर्नुको विकल्प छैन । लकडाउन गर्नु पर्ने पनि भौतिक दुरी कायम गर्नकै लागि हो ।
– रातीमा कम्तीमा ८ घण्टा सुत्नै पर्छ । निन्द्रा नलागे पनि ८ घण्टा ओछ्यानमा पल्टिनै पर्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– माइक्रोफोन नजिकै ल्याएर कुरा नगरौं, नगराऔं ।
– आफूले बोकेको ब्याग भूइँमा नराखौं, आफै भिरौं ।
– मोबाइल, क्यामेरा, पेन, चाबीजस्ता व्यक्तिगत कुरालाई घरमा पुगिसकेपछि संक्रमणरहित बनाउने, अरुबाट टाढा राख्ने ।
– सार्वजनिक यातायात चढ्दा झ्याल ढोका खुल्ला राख्ने, अरुसंग टास्सिएर नबस्ने ।
– भोको पेटमा कहिल्यै पनि समाचार संकलनमा नजाने । सन्तुलित खाना खाने, पटकपटक पानी पिउने ।
– समाचार कक्ष, स्टुडियो जस्ता धेरै जनाको आवत जावत हुने ठाउँ र कम्प्यूटर, ल्यापटप, क्यामेरा जस्ता सामानलाई दिनमा कम्तीमा दुईपटक संक्रमणरहित बनाउने, सरसफाई गर्ने ।
– रुखाखोकी लाग्यो, ज्वरो आयो भने घरमै बसौं । यस्तो बेला काम गर्न जाँदा अरुलाई पनि संक्रमण हुन सक्छ ।
– फिल्ड रिपोटिङ् सकेसम्म कम गर्ने ।
– खोक्दा, हाच्छयुँ गर्दा मान्छे भएतिर नगरौं । मान्छेबाट टाढा गएर गरौं । नाक, मुख छोपेर गरौं । कुइनोतिर गर्ने र हात साबुन पानीले धुने ।
– वायु मण्डलमा विभिन्न किसिमका किटाणु छन् । त्यो किटाणुले कसैलाई रोगी बनाउँछ, कसैलाई बनाउँदैन । त्यसको कारण भने रोगसंग लड्न सक्ने क्षमता हो । त्यसैले आफ्नो रोगसंग लड्न सक्ने क्षमता बढाऔं । भिटामिन सीले इम्युनिटी पावर बढाउँछ । सुन्तला, कागती, गुन्द्रुक, ज्यामिर लगायत फलफूल प्रसस्त खाऔं वा दिनमा एउटा भिटामिन सी ट्यावलेट खान सकिन्छ । यो उपयोगी पनि छ
– हरेक दिन व्यायाम गरौं ।
– मानसिक तनाव लिंदै नलिऔं । मानसिक तनावले रोगसंग लड्ने क्षमता घटाउँछ ।
– आफ्नो वा अरुको बारेमा नराम्रो कुरा सोच्दै नसोच्ने । जति सकिन्छ, सकारात्मक सोच्ने, हाँस्ने, हसाउने ।
– सनसनीपूर्ण घटनाको पछि नलाग्ने । भ्रमपूर्ण खबरबाट टाढा बस्ने ।
– कोरोना अरुलाई सर्छ, मलाई सर्दैन भन्ने गलत सोच त्याग्ने । कोरोना मलाई पनि लाग्न सक्छ भन्ने सोच्ने ।
– कोरोना कमजोर भाइरस हो, यससंग धेरै डराउनु पर्दैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: