अधिकारकर्मीको दबाबले आत्महत्या दुरुत्साहन अपराधको जाहेरी दर्ता


प्रकाशित मिति :2020-06-12 17:33:27

–महिला खबर–

चितवन । भरतपुर महानगरपालिका १२ की सरिता न्यौपानेलाई मर्न बाध्य बनाएको भन्दै माइती पक्षले दिएको जाहेरी बिहीबार बेलुकी प्रहरीले दर्ता गरेको छ । यस अघि प्रहरीले सरिताका बुबा रामचन्द्र न्यौपानेले दिएको आत्महत्या दुरुत्साहन अपराधको जाहेरी दर्ता गर्न नमानेपछि अधिकारकर्मी र सर्वसाधारणले बिरोध गरेका थिए ।

बुधबार साँझ ३२ वर्षीया सरिताले घरभित्रै डोरी लगाएर आत्महत्या प्रयास गरेकी थिइन् । श्रीमान् बलदेव प्याकुरेलले डोरी काटेर अस्पताल पुर्याएपछि उपचारको क्रममा उनको निधन भएको थियो ।

सरिताका माइती पक्षले श्रीमान्को लगातारको यातना सहन नसकेर सरिताले मृत्युको बाटो रोजेको दाबी गरेका छन् ।

सरिताका बुबा रामचन्द्र न्यौपानेले छोरीलाई ज्वाइँले घरमा कोही नभएको मौका छोपी ढोका थुनेर कुट्ने गरेको दाबी गरे । सरिता र बलदेबका दुई छोरी छन् । एउटी छोरी सात कक्षा पढ्दै छिन् भने अर्की ३ वर्षकी मात्रै छिन् ।

http://mahilakhabar.com/news/2020/06/11/53133.html

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: