कुवेतबाट ल्याइएका ४९ जना महिलालाई छहारीले दियो सहारा


प्रकाशित मिति :2020-06-12 18:04:46

–महिला खबर–

ललितपुर । कुवेतबाट फर्किएका तीन सय जना महिलामध्ये ४९ जनालाई छहारीले सहारा दिएको छ । जेठ २९ गते बिहीबार कुवेतबाट आएका महिलाहरुलाई मानव अधिकारको लागि महिला, एकल महिला समूहको बुढानिलकण्ठस्थित छहारी भवनको सुविधा सम्पन्न क्वारेन्टाइनमा राखिएको हो ।

मानव अधिकारको लागि महिला, एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाका अनुसार छहारीको क्वारेन्टाइनमा राखिएका ४९ जनामध्ये १ जना गर्भवती छिन् भने एक जना एकल महिला ।

क्वारेन्टाइनको सम्पूर्ण कामको जिम्मेवारी पनि महिला नेतृत्वमै भइरहेको छ । संस्थापक अध्यक्ष थापाका अनुसार क्वारेन्टाइनमा सुरक्षाकर्मी महिलाले नै सुरक्षा दिइरहेका छन् भने स्वास्थ्यकर्मी पनि महिला नै छन् ।

यस्तै क्वारेन्टाइन व्यवस्थापनका सम्पूर्ण कार्यहरु समेत महिलाहरुले नै गरिरहेकाले स्थानीय निकाय लगायत कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि काम गरिरहेका तथा गर्न चाहाने निकायले भौतिक दुरी कायम गर्दै एकपटक छहारीको आकर्षक, सुविधा सम्पन्न र लैंगिकमैत्री क्वारेन्टाइनको भ्रमण गरिदिन पनि आग्रह गरेकी छन् ।

Image may contain: indoor

सरकारले स्थापना गरेका क्वारेन्टाइनको चौतर्फी आलोचना भइरहेका बेला एकल महिलाको नेतृत्वमा छहारीमा बनाइएको क्वारेन्टाइनलाई नमूना बनाउन खोजेको थापाको भनाइ छ ।

कुवेतमा २ महिनादेखि कामबाट निकालिदा कष्टपूर्ण जीवन बाँचिरहेका बेला नेपाल सरकारले आफ्नो देश ल्याएपछि निकै खुशी भएका महिलाहरुले छहारीको स्वागत र सुविधा कहिल्यै नभुल्ने स्मरण भएको बताए ।

मानव अधिकारको लागि महिला, एकल महिला समूहले क्वारेन्टाइमा उनीहरुलाई १४ दिनसम्म राखिने जनाएको छ ।

No photo description available.

Image may contain: one or more people and people sitting

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people and outdoor

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: