सिता


प्रकाशित मिति :2020-06-13 19:24:47

सिता हुन् उनी
तर तिमीले सोचेको जस्तो
राजा जनककी छोरी हैनन्
उनी अर्थात सिता दर्जी

सन्जोग भनौं या भाग्य
उनी रामकी श्रीमती
तर तिमीले पुज्ने भगवान राम हैन
राम दर्जीकी श्रीमती

घरीघरी उनले नाप्ने
कपडाका ती इञ्चिटेपहरूले
यदि नाप्न मिल्थ्यो भने विभेदका
एक एक इञ्च इञ्चलाई

घरीघरी उनले चलाउने कैचिका धारहरुले
काट्न सकिन्थ्यो भने
विभेदका ती मसिना फलामका धागाहरूलाई
जो युगौदेखि समाजको मष्तिकमा
एउटा खिया लागेको
फलामे तार बनेर बसेको छ

जुठे दाइले आरनमा धार लगाइदिएपछि
धारिलो भएको हसिया झैं
यदि कितावका अक्षरहरुले
खिया लागेका मष्तिकका फलामे तारलाई
धारिलो बनाएर उदाइदिने भए

सिता दर्जीको कोखबाट जन्मिएको
लवकुसलाई किन स्वीकार्न चाहदैनन
आधुनिका द्रोणाचार्यहरू
भरि सभामा मौन बसेका
भिष्म पितामहहरूलाई आफ्नो मौनता तोड्न
अँझै कति समय लाग्छ ?

गान्धारिले झै तिम्रो आँखामा बाधिएका
विभेदका ती काला पट्टिहरुलाई खुल्न
भन अँझै कति समय लाग्छ ?

तिम्रा खुट्टाका एक एक पाइलाहरू नापेर
तिम्रो निम्ति साइला सार्कीले बनाइदिएको
छालाका जुत्ताहरू लगाएर
छालाका पेटिहरू लगाएर
भन कहिल्येसम्म कुल्चिन्छौ
त्यही साइला दाजुका पैतालाहरुलाई

यो सिता दर्जी
सिता बनेर धर्तीमा भासिन्न
किनकि तिम्रो यो युगमा
भेट्न नसकेका कयौ जवाफहरू
खोज्नु छ यो सीता दर्जीले

सावा अक्षर छिचोलेकी यो सिता दर्जी
सबै मानिसहरूको शरीरमा
केवल हाड र छालामात्र देख्छे
रातो रगतमात्र देख्छे
जले पछि चिताको धुवाबाट उडेको
खरानिको थुप्रो मात्र देख्छे

तर तिमीले पढ्ने ती कितावहरूमा
साच्चि के के लेखिएका थिए ?
जसले घन बनेर
अझ‌ैं पनि फोर्न सकेन
तिम्रा मष्तिकमा जमेका
विभेदका ती चट्टानहरूलाई

रूपा थापा
नुवाकोट, विदुर

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: