क्वारेन्टाइनमै सामूहिक बलात्कार, तीन जना पक्राउ


प्रकाशित मिति :2020-06-14 22:41:41

–महिला खबर–

ललितपुर । क्वारेन्टाइनमा रहेकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलामाथि शनिबार राति सामूहिक बलात्कार भएको हो ।

पीडित महिलाका अनुसार उनलाई सोही क्वारेन्टाइनमा स्वयंसेवक र स्वास्थ्यकर्मी रहेका तीन जनाले पालैपालो बलात्कार गरेका हुन् ।

कसैलाई भने यो भिडियो भाइरल गरिदिन्छौं भन्दै एउटाले मोबाइलमा भिडियो खिचेको र अरुले पालैपालो बलात्कार गरेको महिलाको आरोप छ ।

१२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी ती महिलाका अनुसार उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा आफू एक्लै हुँदा डर लागेको बताएपछि अर्को कोठामा जान अनुमति दिइएको तर आफू गएको कोठाको ढोकामा चुकुल नभएको बताउँदा ढोकामा बेञ्च राखेर सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् ।

मध्यरातमा आफू टाउको दुखेर सुतिरहेको बेला लगातार झ्याल र ढोका ढकढक गर्दै खोल्न भनेको र आफूले धेरै भए पुलिसलाई भन्छु भनी धम्की दिँदा पनि ढोकय खोल भन्न नछोडेपछि किन यस्तो गरे भनेर ढोका खोल्दा अर्को कोठामा लगेर बलात्कार गरेको उनले बताएकी छन् ।

महिलाले आफूमाथि बलात्कार भएको सार्वजनिक गरेपछि आज स्थानीयले दिनभर लम्कीमा प्रदर्शन गर्नुका साथै लम्कीचुहा नगरपालिका वडा नम्बर १ को वडा कार्यालय समेत तोडफोड गरेका छन् । स्थानीयको दवावपछि प्रहरीले बलात्कार आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्जन विक, लक्ष्मण परियार र किशोर परियार छन् ।

केही नेताको सक्रियतामा बलात्कारीलाई जोगाउने चलखेल भइरहेको आरोप स्थानीयको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: