डा. नितु अधिकारी भन्छिन्, ‘पीपीईले मात्रै भएन, प्याडको कुरा खोई ?’


प्रकाशित मिति :2020-06-15 13:29:35

–महिला खबर–

ललितपुर । कोभिड १९ का कारण विश्व नै ठप्प छ । कोभिड रोकथाम र नियन्त्रणका लागि देशमा बन्दाबन्दी भएको तीन महिना पुग्नै लाग्दा अग्र भागमा खटिने (फ्रन्ट लाइनरहरू) का पीडा पनि दिन प्रतिदिन उकालो लाग्दैछन् । त्यसमा पनि अग्र भागमा खटिएर देशका लागि काम गरिरहेका महिलाहरूका पीडा झन् बेग्लै छन् ।

चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाकी माइक्रोबायोलोजिस्ट डा. नितु अधिकारीले आफूजस्ता फ्रन्ट लाइनरको कुरा बुझेर मनन् गरिदिन आग्रह गरेकी छन् । उनले महिला खबरसंगको कुराकानीमा भनिन्, ‘फ्रन्ट लाइनरको लागि पीपीईको कुरा गर्दा महिनावारी सामग्रीका कुरा बिर्सियो । अर्थात दिनरात, घरपरिवार नभनी अग्र भागमा खटेर काम गर्नेमा महिला पनि छन् भन्ने सायद कसैले बुझेनन्’ डा. अधिकारीले थपिन्, ‘बुझिएको भए त महिलाहरूका जैविक कुराबारे पनि ख्याल हुन्थ्यो ।’

डा. अधिकारी नेतृत्वको भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वावको दैनिक औसत दुईसय नमुना परीक्षण हुन्छ । जहाँ १२ जना कर्मचारी खटिएका छन् । १२ जनामध्ये दुईजना त यही गएको शुक्रबार मात्र थपिएका हुन् । १२ जना कर्मचारीमा डा. नितु र शुक्रबार थपिएकी अर्की एक प्राविधिक गरि दुई जना मात्रै महिला छन् ।

डा. नितु अधिकारी, प्रयोगशाला प्रमुख

शुरूशुरूमा स्वाब संकलन अलि कम हुन्थ्यो । तर स्वाब संकलनको काम अहिले निकै बढि छ । डा. अधिकारीले भनिन्, ‘स्वाब संकलनको काम बढेसंगै कर्मचारी महिलाका भिन्न समस्या पनि बढिरहेका छन् । कहाँ र कसलाई भन्ने र समाधान कसरी हुन्छ भन्ने अत्तोपत्तो छैन ।’

डा. अधिकारीका अनुसार प्रयोगशालामा काम गर्दा पीपीई लगाउनु पर्छ । पीपीई कसिलो हुने भएकाले लगाएपछि राम्ररी बस्न पनि सकिन्न । एकपटक लगाएर खोलेको पीपीई अर्को पटक लगाउन मिल्दैन । अर्थात एकपटक लगाएको पीपीई रोगप्रतिरोधात्मक हुदैन । त्यसले भाईरस नियन्त्रण गर्न सक्दैन । त्यसकारण ड्यूटीमा खटेदेखि लगाएको पीपीई ड्यूटी सकेपछि मात्रै खोल्न मिल्छ । कम्तिमा १० देखि १८ घण्टासम्म पीपीई लगाएर काम गर्नु पर्दा महिनावारीको समयमा महिलाहरूलाई एकदमै गाह्रो भइरहेको छ । प्याड फेर्न, शौचालय जान र आराम गर्न नै मिलिरहेको छैन ।

‘महिनावारीका बेला हरेक ४ देखि ६ घण्टाभित्र प्याड फेरिसक्नु पर्छ । नत्र संक्रमण हुने ठूलो डर हुन्छ । साथै योनी रगतले लतपतिने हुँदा पटकपटक सफा पनि गर्दै गर्नु पर्ने हुन्छ’ डा. अधिकारी थप्छिन्, ‘तर यो बेला त्यो सम्भव भइरहेको छ । एकपटक लगाएको प्याड १७, १८ घण्टासम्म राख्नु परेको छ । यो भनेको हाम्रो स्वास्थ्यमाथीको खेलवाड हो ।’

प्रयोगशालाको नेतृत्व गरिसकेपछि डा. अधिकारी आफै पनि दुईपटक महिनावारी भइन् । महिनावारी भएको बेला असाध्यै पेट दुख्ने गरेकाले विगतमा प्रशस्त आराम गर्थिन् । ‘खान, सुत्नकै ठेगान नभएको बेला आराम पाइने कुरै भएन । अनि पीपीई खोलेर प्याड फेर्ने, शौचालय जाने, योनी सफा गर्ने र आराम गर्ने त टाढाको कुरा । त्यसैले दुवैपटकको महिनावारीमा दुखाई कम गर्ने औषधि दिनमा तीनपटकसम्म खाएको छु’ उनले सुनाइन् । सहकर्मी सबै पुरुष हुँदा कुरा समेत साट्न नपाएको उनले बताइन् ।

डा. अधिकारीले सरकारले दिनमा एक जनालाई एउटा पीपीई दिइरहेको छ । पीपीई सेटमा चस्मा, पञ्जा, मास्क, टोपी, बुट लगायतका सामाग्री छन् । तर महिनावारी सामाग्री नभएको प्रसंग उल्लेख गर्दै उनले महिलाहरूको महिनावारीको विषयलाई विशेष ख्याल गर्दै कम्तीमा पनि महिनावारीको समयमा दिनको दुईटा पीपीई उपलब्ध गराउन अनुरोध गरेकी छन् । यसले आफूजस्ता सयौं फ्रन्ट लाइनर महिलामाथि न्याय हुने उनको भनाई छ ।

प्रयोगशालाको नेतृत्व गरिसकेपछि डा. अधिकारी आफै पनि दुईपटक महिनावारी भइन् । महिनावारी भएको बेला असाध्यै पेट दुख्ने गरेकाले विगतमा प्रशस्त आराम गर्थिन् । ‘खान, सुत्नकै ठेगान नभएको बेला आराम पाइने कुरै भएन । अनि पीपीई खोलेर प्याड फेर्ने, शौचालय जाने, योनी सफा गर्ने र आराम गर्ने त टाढाको कुरा । त्यसैले दुवैपटकको महिनावारीमा दुखाई कम गर्ने औषधि दिनमा तीनपटकसम्म खाएको छु’ उनले सुनाइन् । सहकर्मी सबै पुरुष हुँदा कुरा समेत साट्न नपाएको उनले बताइन् ।

यस्तै पीपीई र कामको भारका कारण आफू लगायत आफ्नै सहकर्मी पुरुषले यतिबेला डाइपर लगाएर काम गरिरहेको पनि डा. अधिकारीले बताइन् । उनका अनुसार अहिले पुरुषहरूले पिसाब फेर्नका लागि पीपीईमा प्वाल पारेर, फेरि टेपले प्वाल टास्ने गरेका छन् । यद्यपि यसो गर्नु पनि स्वस्थ काम होइन, ज्यान जोखिममा पार्नु हो ।

अभियन्ता राधा पौडेल राज्यले महिनावारीलाई आत्मसात नगर्नुको परिणाम यतिबेला फ्रन्ट लाइनर महिलाहरूले भोगिरहेको बताउँछिन् ।

फ्रन्ट लाइनर (डाक्टर, नर्श, प्याथोलोजिस्ट, अस्पताल सफा गर्ने, भान्सामा काम गर्ने, पत्रकार, आर्मी, पुलिस) महिलाहरूहरूलाई पीपीई उपलब्ध गराउँदा महिनावारीका सामाग्री (सेनेटरी प्याड, कप, कट्टु) पनि उपलब्ध गराउनु पर्ने पौडेलको भनाई छ । महिनावारीको जैविक आवश्यकतालाई राज्यले नै आत्मसात नगर्दा पीपीईमा महिनावारी सामाग्रीका कुरा बिर्सिएको उनले बताइन् ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराइरहेको मेडिकल सामाग्रीभित्र महिनावारी सामाग्री पनि समावेश गर्न पौडेलको आग्रह छ । यसका साथै महिनावारीका बेला फ्रन्ट लाइनर महिलाका लागि अतिरिक्त पीपीई सेट उपलब्ध गराउँन, आरामको व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गरिन् ।

‘कोरोनाको यस्तो त्रासमा ज्यान जोखिममा राखेर काम गर्ने महिलाहरूको स्वास्थ्य झन् जोखिममा राख्न मिल्दैन’ पौडेलल भनिन्, ‘महिनावारीमा लामो समयसम्म प्याड नफेर्दा रगत र पसिनाले संक्रमण हुन्छ । ढाड र पेटको दुखाई हुन सक्छ ।’ उनले राजयस्तरबाट यसको तत्काल सुनुवाई हुनु पर्ने बताएकी छन् ।

राज्यले अहिले कोरोनाको बेला मात्रै होइन । हरेक प्राकृतिक प्रकोपका बेला गरिने मानवीय सहायताका कार्यक्रमलाई मर्यादित महिनावारी मैत्री तरिकाले गर्न पनि उनको सुझाव छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: