मन्त्री गुरुङको निर्देशनमा भक्तपुरबाट ६ जना बालकको उद्धार


प्रकाशित मिति :2020-06-16 14:24:04

–महिला खबर–

ललितपुर । भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट ५ जना र ठिमीबाट १ जना गरि ६ जना बालकको उद्धार गरेको हो ।

उद्धार गरेलगत्तै उनीहरुको पुनस्र्थापना केन्द्रमा व्यवस्थापन गरिएको पनि परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका प्रेस संयोजक सन्तोष खड्काका अनुसार लकडाउनका बेला भक्तपुरमा पनि सडकमा बालकहरु बेवारिसे अवस्थामा भेटिएको खबर आउनेवित्तिकै मन्त्री गुरुङले तत्काल उनीहरुको उद्धार गरि व्यवस्थापन गर्न परिषदलाई निर्देशन दिएका थिए । त्यसलगत्तै सडकमा भेटिएका ती बालकहरुको असार १ गते अपरान्ह (हिजो)उद्धार गरि संरक्षणका लागि आवश्यक व्यवस्था परिषदले मिलाएको हो ।

लकडाउनको यस अवधिमा काठमाडौं उपत्यकाभित्र४१ जना र उपत्यका बाहिर ३२ जना गरि ७३ जना सडकमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गरि संरक्षणको व्यवस्था मिलाइएको परिषदले जनाएको छ ।

मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा ‘१०४’ मा तत्काल खबर गर्न सबैलाई पुनःआग्रह गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: