आयोगका पदाधिकारीलाई निश्चिन्त भएर काम गर्न मन्त्री अर्यालको निर्देशन


प्रकाशित मिति :2020-06-16 19:06:14

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग आज (मंगलबार) छलफल गरेकी छन् ।

त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले निश्चिन्त भएर काम गर्न निर्देशन दिइन् । काम गर्ने क्रममा खुट्टा नकमाउन आग्रह गर्दै मन्त्री अर्यालले निश्चिन्त भएर काम गर्न आग्रह गरिन् ।

प्रत्येक समयको महत्व बुझेर काम गर्द आग्रह गर्दै उनले बढी समय लिएर पनि पूर्ण प्रतिवेदन दिन समेत निर्देशन दिइन् । ‘बरु बढी समय लिनुस् तर प्रतिवेदन पूर्ण बनाएर दिनुस् । पूर्ण भएन भने मन्त्रालयले एक्सन लिन सक्दैन’, मन्त्री अर्यालले भनिन् । आयोगले नै सबै काम, प्रकृया पु¥याएर मन्त्रालयलाई हस्तान्तरण गरेपछि मन्त्रालय एक्सनमा जाने उनले बताइन् ।

अहिलेको विशेष अवस्थाको ख्याल गर्दै आएका निवेदनहरुलाई प्रकृया अगाडि बढाउन निर्देशन दिँदै उनले नयाँ निवेदन लिने कार्यका लागि व्यवस्थित रुपमा एकद्वार प्रणाली लागु गरेर काम गर्न आग्रह गरिन् । अगाडि बढेका कामहरु टुंगो लगाएर अगाडि बढ्न मन्त्री अर्यालको निर्देशन थियो ।

आयोग, मन्त्रालय र सिंगो सरकारका अपेक्षा पूरा गर्नका निम्ति उनले आग्रह गरिन् ।

आयोगले गर्ने कामहरु निकै असजिलो भएको भन्दै मन्त्री अर्यालले केही लोभ, लाभलाई टाढै राखेमा काम गर्न सजिलो हुने बताइन् । भूमि व्यवस्था मन्त्रालयको नेतृत्व गर्दा शुरुका केही महिना विभिन्न इन्ट्रेष्ट ग्रुपहरुको घेराबन्दीमा परेको अनुभव सुनाउदै मन्त्री अर्यालले आफ्नो काम गर्ने शैलीका कारण अहिले अनुचित मान्छेहरु प्रवेश नै नगर्ने अवस्था बनाएको बताइन् । उनले भनिन्, ‘अनुचित मान्छेहरुलाई व्यवहारले नै पन्छाउने हो । अन्य मान्छेमार्फत प्रयत्न गर्छन् त्यसलाई मेरो त्यो एजेण्डा नै होइन भनेपछि छलफल नै चल्दैन । यसो गर्दा नै घेराबन्दीबाट मुक्त हुन सकिने रहेछ ।’

आयोग पनि धेरै घेराबन्दी हुने आयोगहरुमध्ये भएको भन्दै उनले विगतमा इन्ट्रेष्ट राखेर नै गलत कामहरु गरिएका कारण सरकार त्यसलाई फर्काउन लागिरहेको उनले बताइन् । ‘गलत काम गरेका थियौं खबरदार ! अब कहिल्यै गलत काममा जान हुदैन भन्ने सन्देश दिने हो नी हामीले गरेको काम त’, मन्त्री अर्यालले भनिन् ।

त्यसैले अनुचित खालका घेराबन्दी, प्रस्तावहरु आएपनि त्यसलाई पन्छाएर जनताका पक्षमा काम गर्न आग्रह गरिन् । अवसर पाएको बेला राज्यले विश्वास गरेका बेला काम गरेर देखाउन सकियो भने सधैंसधैं भावी पुस्ताले पनि नाम लिन सक्ने उनले बताइन् ।

‘मान्छेले कतिपटक अवसर पायो भन्दा पनि अवसर पाउदा के ग¥यो ? भन्ने कुरा महत्वपूर्ण हो’, उनले भनिन् ‘यो तपाईंहरुलाई राज्यले विश्वास गरेर यति राम्रो अवसर दिइसकेपछि तपाइहरुको स्पिड अलि बढाएर नतिजा आउनुपर्छ ।’

अहिलेको अवस्था निकै अनुकूल अवस्था रहेको भन्दै मन्त्री अर्यालले यो बेलामा आयोगले नतिजा दिनसक्ने बताइन् । मन्त्रालयको साथ सहयोग पूर्णरुपमा भएको भन्दै उनले कामको रफ्तार अलिक बढाउन समेत आग्रह गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: