सुस्मिता मृत्यु प्रकरणः ससुरा र नन्द पक्राउ, हत्या नै भएको माइतीको दावी


प्रकाशित मिति :2020-06-20 15:49:17

–महिला खबर–

ललितपुर । सुस्मिता थापा मृत्यु काण्डमा अनुसन्धानका लागि भन्दै मकवानपुर प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ ।

असार २ गते मंगलबार बिहान सात बजे हेटौंडा उपमहानगरपालिका–४ सूर्य चोककी २२ वर्षीया सुस्मिता खड्का थापा आफ्नै घरमा मृत भेटिएकी थिइन् । तीन तले घरको दोस्रो तलामा रहेको भान्सा कोठामा आँखामा गम्भीर चोट लागेको, शरीरका विभिन्न ठाउँमा निलडामसहित टाउकोको पछाडि भागमा ठूलो चोट लागेको अवस्थामा सुस्मिता मृत फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले सुस्मिताका माइती पक्षले उनको हत्या आरोपमा जाहेरी दिएको र घटनाको अनुसन्धानका लागि बिहीबार मृतकका ससुरा ५८ वर्षीय प्रकाश थापा र २३ वर्षीया नन्द सीता थापालाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेका मृतकका ससुरा मकवानपुरकै आधारभूत माध्यामिक विद्यालय भोर्लेका अवकास प्राप्त प्रधानाध्यापक हुन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ८ वोण गाउँ माइती भएकी सुस्मिताको गएको वर्ष बैशाखको पहिलो साता मागी विवाह भएको बताइएको छ ।

सुस्मिताका जेठोबुबा हेमबहादुर खड्काका अनुसार विवाह भएकै वर्ष गएको असोज २३ गते मृतकका श्रीमान् रुपेन्द्र थापाको दशैंको टीकाको अर्को दिन ससुराली कपिलवस्तुबाट टीका लगाएर घर फर्किने क्रममा नवलपरासीको दाउन्ने उकालोमा मोटरसाइकल दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको थियो ।

ज्वाइँको मृत्युपछि परिवारले उनको दुर्घटना र मृत्युको दोष छोरी सुस्मिता र माइती पक्षलाई लगाउँदै आएको खड्काले महिला खबरलाई बताए । ‘ज्वाइँको दुर्घटनामा मृत्यु भएको १३ औं दिनको पूण्य तिथिमा हामी छोरीको घर गएका थियौं । ज्वाइँकी बहिनीले सबैका अगाडि मेरो दाईको मृत्युको कारण तपाईंहरू र तपाईंहरूकी छोरी हो भन्दै सबैका अघि बेइज्जत गरिन्’ उनले थपे, ‘समाजका अघि छोरी र हाम्लाई यसो भन्नेले घरमा सुस्मितालाई के के गरे, के भने भन्न गाह्रो छ ।’ तर सुस्मिताको भने प्राय कसैका बारेमा पनि कुरा नगर्ने बानीका कारण यो हदसम्मको अवस्था आएको बुझाइ उनको छ ।

श्रीमान्को मृत्युपछि दुर्घटना बीमाबाफत पाएको ५ लाख रुपैंया नन्दहरूले माग्ने, र कति पैंसा पाएको हो भन्दै पटकपटक कुरा गर्ने गरेको भनेर आफूलाई एकपटक मात्रै कुरा गरेको जेठोबुबा खड्काले बताए । परिवारमा उनलाई तनाव छ भन्ने बारे आफूहरूले बुझेको भए पनि त्योबाहेक सुस्मिताले भने कुनै कुरा नगरेको उनको भनाइ छ ।

विवाह हुँदा सुस्मिता भारतको दिल्लीमा स्नातक तहमा होटल म्यानेजमेन्ट पढ्दै थिइन् । विवाहपछि पढ्न दिल्ली नगएकी उनी नेपालमा बन्दाबन्दी शुरु भएकै बेला दिल्लीबाट चैत्र महिनामा स्नातक तह पास गरेको प्रमाण पत्र लिएर आएकी थिइन् । चैत्र २३ गते श्रीमान्को मृत्युको ६ महिनामा पूजापाठ गर्न घर हेटौडा पुगेकी थिइन् ।

सुस्मिताका जेठोबुबाका अनुसार सुम्मिता आमाबुबाकी एक्लो छोरी हुन् । उनका एक भाइ छन् ।

यस्तै सुस्मिताका श्रीमान् पनि एक्लो छोरा थिए । उनका एक विवाहित र एक अविवाहित गरी दुई नन्द छन् ।

जेठोबुबा हेमबहादुर खड्काले छोरीका हत्यारा पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कार्वाही गराउन र मृतक छोरीलाई न्याय दिलाउन सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: