पत्रकारलाई नबुझ्दाको पीडा


लकडाउन अनुभव

प्रकाशित मिति :2020-06-27 16:10:46

वर्तमान मानव पुस्ताले भोग्नुपर्ने जटिल समस्याहरू मध्ये अहिले भोग्दै गरेको कोभिड-१९ बाट सिर्जित विश्वमहामारी सम्भवतः यो पुस्ताको लागि सबैभन्दा ठूलो चुनौति हो । विश्व समुदायलाई नै ‘एक’ थलोमा पुर्‍याउने यो महामारी सिंगो विश्वलाई धर्मराउने बनाउने पक्कै पनि एउटा डरलाग्दो र अकल्पनीय घटना बन्दैछ ।

हामीले उपयोग गर्दै आइरहेको सूचना स्रोतले एक तहको भुलभुलैया सिर्जनासमेत गरिरहेको भान हुन्छ । जुन दिन हामीले त्यस भुलभुलैयाबारे सुइँको पाउने छौं, त्यतिखेर धेरै ढिला भइसकेको हुनेछ । स्वयं मानव अस्तित्व नै उम्किनै नसक्ने गरी खतराको संघारमा पुगिसकेको हुनेछ । कोरोनाले धेरै मारमा परेकाहरू बिहान बेलुकीको छाक टार्न गाह्रो भएका गरिब, मजदुर, कामदार र सिमान्तकृत नै हुन् । यो वर्गलाई लक्षित गरेर ल्याइएका सामाजिक सुरक्षा र राहतका कार्यक्रमहरू लक्षित वर्गको पहिचान, कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र अनुगमन अनि अनियमितता गर्नेलाई कडा कारबाहीको अभावले गर्दा असफल भएका छन् । यो कुरा मेरो मन मस्तिष्कमा उकुसमुकुस भएर गाठो परेको छ । कुन उपाय र कस्तो मन्त्र अपनाउदा साँच्चिकै सबै तह–तप्काका व्यक्तिहरु जवाफदेही उत्तरदायी बन्छन् ? प्रश्न जीवित छ ।

म कविता खड्का, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ स्थित मध्य नेपाल मिडिया प्रा.लि.द्वारा संचालित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिका तथा अनलाइनको सम्पादक हुँ । २०७३ सालदेखि वीरगञ्जका पत्रकार महिलाहरूको सकृयतामा प्रकाशन हुँदै आएको पत्रिका एक वर्ष पहिलादेखि नै हामीले आफ्नै कलर छापाखाना संचालन गरी रंगिनमा प्रकाशित गरिरहेका छौ । अहिले नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको धेरै दिन भइसकेको छ । हाम्रो टिम लकडाउनको पालनाको साथै सावधानी अपनाउदै निरन्तर काम पनि गरि नै रहेको छ । कहिले घर त कहिले कार्यालयमा बसे पनि प्रविधिको प्रयोग गरी लकडाउनको समयमा भएका समस्या र त्यसको प्रभावको बारेमा निरन्तररूपमा समाचार सम्प्रेषण र सत्य तथ्य समाचार पस्कने हाम्रो प्रयासमा बिराम लागेको छैन । हामीलाई लकडाउनको मारभन्दा पनि आफना पाठकमाझ पत्रिका पुर्‍याउन नपाउदा पिरोलो हुन्छ । हुन त यस्तो अवस्थामा हामीले पत्रिका बजारमा सबै पाठकमाझ सहज रूपमा पुर्‍याउन सकेका त छैनौं । पी.डी.एफ.मा निकालिरहेका छौं र अनलाईनमार्फत पाठकमाझ समाचार पुर्‍याउने प्रयास निरन्तर छ । तर जुन सन्तुष्टि पाठक बर्गमा पत्रिका पुग्दा हुन्थ्यो, त्यो सन्तुष्टि अहिले छैन ।

कविता खड्का

पाठक वर्गले पनि वर्तमान समस्यालाई बुझिराखेका छन् । जुन हिसाबले हाम्रो पत्रिका पढ्ने बानी उहाँहरूलाई थियो, त्यो उहाँहरूलाई पनि खल्लो लागिरहेको पाइएको छ । कतिपय पाठकले पत्रिका त बन्द हुँदैन । लौ न कसरी पढन पाइन्छ ? व्यवस्था मिलाउनु पर्‍यो भन्दा उहाँहरूलाई ईमेल र फेसबुकको माध्यमबाट जोड्ने कार्य गरि नै रहेका छौं । देशमा लकडाउन शुरू भएसंगै हामीले पनि त्यसको पालना गरी सकेसम्म भिडभाड नगरी काम गरिरहेका छौं । वीरगञ्जमा पहिलोपटक तीन जनामा कोरोना संक्रमण भेटिएपछि अझ सावधानी अपनाउदै समाचारहरू सामाजिक संजाल, वेबसाइट तथा ईमेलमार्फत पुर्‍याई नै रहेका छांै । हामी संचारकर्मीको भूमिका यस्तो बेलामा अझ बढी हुने भएकोले सावधानी अपनाउदै काम गरिरहेका छौं । बिपदको समयमा कसरी पत्रकारिता गर्ने ? आफू पनि सुरक्षित भई सम्पूर्णलाई सहज र सुरक्षित हुने किसिमको समाचार सम्प्रेषणमा हाम्रो टिम अहोरात्र खटिरहेको छ । त्यसको बारेमा सूचना आदान–प्रदानसमेत भइरहेका छन् ।

कामकै शिलशिलामा बैशाख ३० गते दुई जना पत्रकारसहित ५७ जना कोरोना भाइरसबाट वीरगञ्जमा संक्रमित भेटिएपछि एकाएक वीरगञ्ज क्षेत्र अझ त्रसित बन्यो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा शान्ति सुव्यवस्था कायम गर्न थप कडाइ ग¥यो । धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गर्‍यो । ३० गते मंगलबार बिहान दिउँसोसम्म पत्रकार दुव्र्यवहारको विरोधमा आन्दोलन गरिरहेका पत्रकारहरू मध्यकै दुईजना संक्रमित भएपछि वीरगञ्जको माहौल एकाएक फरक मोडमा पुग्यो । संचारकर्मीहरू पनि अलि बढी त्रसित भए । शुरूमा ५ बेड हुँदै २५ बेड, ५० र पछि ७० बेडको नारायणी अस्पतालको आइसोलोसन कक्ष केही दिनमा नै भरियो । सामान्य अवस्थामा रहेको वीरगञ्जमा पत्रकारसहित ३९ जना संक्रमितको खबर भुसको आगो जस्तै फैलियो । एकाएक सबैको फोनको घण्टी बज्न थाल्यो । सबैले एक अर्काको हाल खबर र आफूले भेटेको व्यतिmको बारेमा सोधखोज भयो । पत्रकारहरू जो जहाँ थिए, त्यहीँ रोकिए । बजारमा हुने घरतिर लागे, कार्यालयमा हुनेले थप सूचना खोज्न कार्यालयमै बस्ने वातावरण बनाउन थाले । साँझतिर निषेधाज्ञा जारी भएको र सबै पासहरू रद्ध गरिएको सूचना आएपछि केही पत्रकारहरू कार्यालयमै बसे र केही घरमा गएर होम क्वारेन्टाइनमा बसे । नेपालमा त्यो समयताका यति धेरै संक्रमित भेटिएको पनि पहिलो पटक नै थियो । प्रहरी प्रशासन लगायत यस क्षेत्रका सबैलाई अब के होला ? भन्ने कुरामा सबै झस्किए ।

मलगायत मेरा साथीहरू मध्य नेपालकै कार्यालयमा थियौं । त्यो दिन लगभग तनाब दिनेखालकै फोन आए । बाहिर नजाउ, घरबाटै काम गर, धेरै मान्छेसंग भेटघाट नगर भनेर हप्काउने मेरो मम्मीले त्यो दिन सम्झाउँदै केही हुन्न घर आऊ भनेर फोन गर्दा मेरा आँखा रसाए । धेरै सोचेर र अलिक तनाव कम भएपछि घर आएँ ।

भोलिपल्ट बिहानै सबै पत्रकारको स्वाव संकलन गर्ने सूचना आएपछि अलिक राहत महशुस भयो । तर घर फर्किरहँदा बाटोमा पत्रकारका ज्याकेट देखेर मान्छेहरू बाटो छोडेर साइड लाग्नथाले । मलाई महशुस भयो कि, हामीलाई हेर्ने दृष्टिकोण फरक भइसकेको छ । पत्रकार देखेपछि कुराकानी गर्ने, लकडाउन कहिले खुल्छ भनेर सोधिहाल्ने मान्छेहरू हामीसंग बोल्न डराउन थाले । दुई जना पत्रकार संक्रमित भएपछि सबै पत्रकार नै संक्रमित छन् जस्तो व्यवहार हुन थाल्यो । सामाजिक संजालमासमेत टिका टिप्पणी हुन थाले । कतिपय सरकारी कर्मचारीसमेतले पत्रकारलाई लक्षित गरेर व्यङ्गय गर्न थाले ।

हाल मध्य नेपालमा काम गर्र्ने २३ जना छौं । लकडाउनका कारण काम कम भएको र आलोपालो गरी डिउटी गरे पनि बस्ने टेबल कुर्सी, क्यामरा, शौचालय लगायत सामग्री साझा भएकोले एक जनामा पनि संक्रमण भएको भए हामी सबै जनामा हुने सम्भावना भएकाले मनमा डरत्रास कतिसम्म थियो भन्ने कुराको कुनै सीमा थिएन । हामीभन्दा पनि हाम्रा घर परिवारलाईसमेत यसको असर पर्ने संक्रमित हुने सम्भावना मनमा आउथ्यो । आफूभन्दा पनि आफ्ना कारणले घर परिवार वा अरुलाई केही हुने हो कि ! भन्ने चिन्ताले सबैको रिपोर्ट नआउञ्जेल निन्द्रा नै हराएको थियो । कार्यालयको प्रमुख भएको नाताले मलाई धेरै फोन आइरहयो । कार्यालयमा काम गर्ने सहकर्मीलगायत त्यहाँ आएकाहरूले चासो व्यक्त गरिरहेका थिए । कोरोना पोजेटिभ भयो भने के गर्ने ? भन्नेसमेत सोधे । सहकर्मीका कतिपय परिवारले त्यही दिनबाट पत्रकारिताको पेशा नै परिवर्तन गर्नुपर्ने खालका कुराहरू गरिरहेका थिए । मानौं कि पत्रकारलाई मात्र कोरोना लाग्ने रहेछ जस्तो गरी ।

हुन त यो पेशा चुनौतीपूर्ण नै छ । तर पहिला ठिक र केही भए बेठिक, यस्तो मानसिकता हाम्रो समाजमा देखियो । त्यो समयको म कल्पनासमेत गर्न सक्दिन । कोरोना मैले नै सारेको र म नै पोजेटिभ हुँ भन्नेजस्तो मलाई भान भएको थियो ? मेरो करकापमा कोही सहकर्मी कार्यालय आएका होइनन् भन्ने कुरा बिर्सेको मलाई महशुुस भएको थियो । अरुलाई त आफ्नो र आफ्नो घर परिवारको मात्र चिन्ता थियो । तर मलाई अझ बढी दवाव र जिम्मेवारी अनि सबैले सोध्ने प्रश्नको उत्तर मैले त्यो बेलामा रेडिमेड बनाएर राख्नुपर्ने थियो । फोन उठाउन त के, जवाफ दिउँ कि, फोन नै नउठाउँजस्तो । झन् त्यसको परिणाम के आउने हो, केही थाहा थिएन । केही हुन्न भनेर सबैलाई जवाफ दिन्थे । हामीले केही दिन अगाडिमात्र सबै कर्मचारीको कोभिड १९ को बिमा गराएकाले केही सान्त्वना दिने साहस एउटा त्यही मात्र छ ।

हामी पहिलादेखि नै शर्तक रहेकाले उहाँको घर जाँदा मास्क र पञ्जा पनि लगाएका थियौं । उहाँको घरमा बसुञ्जेल सामाजिक दुरी पनि कायम गर्‍यौं। तर जब पत्रकार साथीहरू संक्रमित भएको खबर आयो, उहाँले लगभग मलाई ३ दिनमा २१ पटक फोन गर्नुभयो । चियाले पनि सर्छ भनेर सुन्दै छु, तपाइंले त हाम्रो घरमा चिया पनि खानु भएको छ । मेरो बाबुलाई चकलेट पनि दिनुभएको थियो । अब के होला ? उहाँका यस्ता प्रश्नको जवाफ मसंग थिएन । जिन्दगीमा पहिलोपटक चिया होइन, त्यो दिन मैले बिष पिए झैं भयो ।

लकडाउनका कारण सबैजना घरमा बसिरहेका थिए । मेरो घरको छेउमा एक जना आन्टी हुनुहुन्छ । उहाँ धार्मिक व्यक्ति भएकाले लकडाउनको समयमा घरमै बसेर सामाजिक संजालमार्फत धार्मिक गीत गाउनुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो, ‘मैले एउटा कोरोना सम्बन्धी गीत बनाएको छु, यसलाई रेकर्ड गरेर भिडियो बनाईदिनु ।’ मैले पनि यस्तो समयमा, त्यो पनि कोरोनाकै गीत किन नबनाई दिने ? गीत रेकर्ड गराउनका लागि उहाँ त्यही दिन अर्थात ३० गते नै कार्यालय आउनुभएको थियो । सहकर्मीले उहाँको गीतको भिडियो रेकर्ड गरिसकेर आन्टी कार्यालयमै हुँदा पत्रकार संक्रमित भएको खबर हामीले पाइसकेका थियांै । हामीले कुरा लुकाएनौं उहाँलाई मैले भनें । त्यो बेला मुख मलिन भएको थियो । तर अरुजस्तै उहाँले आफ्नो तनाव बाहिर देखाएर हामीलाई त्रसित बनाउने काम गर्नु भएन । यद्यपि कार्यालयकै केही सहकर्मीहरूले भने नबुझ्ने तरिकाले मलाई ब्यङ्गय गरिरहेका थिए । हुन त यहाँ यस्तै चलन छ । राम्रो भयो भने मैले गरेको, नराम्रो भयो भने अरुलाई दोष देखाउने ।

अर्काे एकजनाको व्यवहारले मलाई अलिक अप्ठ्यारो पा¥यो । एकजना मित्रले त्यही दिन मलाई आफ्नो घरमा बोलाएर चिया खुवाउनु भएको थियो । लकडाउनको बेला जान त हुँदैन्थ्यो । तर मिल्ने भएका र उहाँको घर गएपछि पत्रिकाका लागि अन्तरवार्ता लिने काम पनि हुने भएकाले म र एक जना सहकर्मी गयौं । मैले उहाँको घरमा जाँदा उहाँको छेरोको लागि चकलेट पनि दिएको थिएँ । हामी पहिलादेखि नै शर्तक रहेकाले उहाँको घर जाँदा मास्क र पञ्जा पनि लगाएका थियौं । उहाँको घरमा बसुञ्जेल सामाजिक दुरी पनि कायम गर्‍यौं। तर जब पत्रकार साथीहरू संक्रमित भएको खबर आयो, उहाँले लगभग मलाई ३ दिनमा २१ पटक फोन गर्नुभयो । चियाले पनि सर्छ भनेर सुन्दै छु, तपाइंले त हाम्रो घरमा चिया पनि खानु भएको छ । मेरो बाबुलाई चकलेट पनि दिनुभएको थियो । अब के होला ? उहाँका यस्ता प्रश्नको जवाफ मसंग थिएन । जिन्दगीमा पहिलोपटक चिया होइन, त्यो दिन मैले बिष पिए झैं भयो ।

धन्न तीन दिनपछि दुई जना संक्रमतिसहित पर्सा जिल्लामा १०४ जना पत्रकार सबैको रिपोर्ट नेगेटिभ आयो । तब अलिक राहत भयो । समाजका लागि रातदिन लड्ने पत्रकार संक्रमित हुँदा जुन किसिमको व्यवहार भोगियो, त्यो राम्रो भने पक्कै पनि थिएन । कतिपयले त पत्रकारलाई कोरोना लाग्दैनजस्तो गरेर जताततै विनाकाम हिँड्थे पनि । अरु सबैभित्र हुँदा पत्रकारले पहेलो ज्याकेट लगाएर गाडी चलाएको तर आफूले चलाउन नपाएको रिससमेत कतिपयले पोख्ने गरेको त्यो घटनाले भल्को दिइरहन्छ मलाइ ।

तर शुरूमा संक्रमित देखिएका वीरगन्जका सबै निको भएर डिष्चार्ज भएपछि अहिले वीरगञ्ज क्षेत्र अलि हडबडाउन छोडेको छ । पर्सामाभन्दा अहिले अरु जिल्लामा पनि बढी संक्रमित फेला परिरहेको अवस्थामा यस्तै पो रहेछ ! भन्ने मानसिकता स्थानीयमा विकास हुन थालेको छ । सरकारको तयारी, हाम्रो स्वास्थ्य संस्थाको क्षमता र सबै सर्वसाधारणको सुरक्षा सतर्कताको अवस्था भने अहिले कमी खड्किरहेको छ । सर्वसाधारणले पनि यो क्षेत्रमा भएका विभिन्न किसिमका आन्दोलनमा प्रहरीलाई छलेर बाहिर हिँडेकोजस्तो ठानिरहेका छन् । यो त आफ्नै सुरक्षाको लागि सतर्कता हो भन्ने धेरैले ठानेकय छैनन् । त्यसैले अहिलेको अवस्थामा अरुलाई दोषारोपण गर्नुको साटो आफू सुरक्षित हुनुवाहेक अर्को विकल्प नै के छ र ?

(वीरगञ्जकी क्रियाशील पत्रकार खड्का, वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ स्थित मध्य नेपाल मिडिया प्रा.लि.द्वारा संचालित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिका तथा अनलाइनको सम्पादक हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: