बलात्कार कसुरमा १८ वर्ष कैद सजाय


प्रकाशित मिति :2020-06-29 15:58:57

ललितपुर । १३ वर्षीया बालिकालाई बलात्कार गरेको गरेको कसुरमा जिल्ला अदालत इलामले माई नगरपालिका– ७ का ३६ वर्षीय तेजबहादुर राइलाई १८ वर्ष कैद सजाय फैसला गरेको छ ।

न्यायाधीश हरिशचन्द्र इङ्गनामको असार १४ गतेको इजलासले कसुरदारलाई कैद सजायसँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले बताए ।

सोही इजलासले कसुरदारलाई २ हजार दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको बर्देवाले जानकारी दिए ।

आरोपितले पीडित बालिकालाई ०७६ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा अदालतको ०७६ माघ ४ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ पुस २ गते गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: