आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री


प्रकाशित मिति :2020-07-01 13:39:58

-महिला खबर-

ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका पत्रकारलाई स्वास्थ्य तथा सौन्दर्य सामग्री दिएका छन् ।

आमा र बुबाको नामबाट क्रियाशील ‘हरिपृया–प्रकाश फाउन्डेसन’को सहयोगमा भण्डारीले काठमाडौंबाट कैलाली पुगेर नेपाल पत्रकार महासंघमार्फत पत्रकारलाई मायाको चिनोसहित स्वास्थ्य तथा सौन्दर्य सामग्री दिएको बताए । भण्डारीले महिला खबरसंग भने, ‘बाचुञ्जेल समाज सेवामा तल्लीन आमाको सेवाको भावनालाई जीवित राख्न संकटको समयमा पत्रकारलाई अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको हुँ ।’

पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले महामारीको यो संवेदनशील अवस्थामा ज्यान जोखिममा राखेर काम गरिरहेका ८ जना ‘फ्रन्टलाईनर’ पत्रकारलाई पीपीइ, फेस सिल्ड, सेनिटाईजरसहित स्वास्थ्य र सौन्दर्य सामग्री वितरण गरिएको बताए ।

‘हरिपृया–प्रकाश फाउन्डेसन’ले कोभिड–१९ को यस संकटको समयमा कम्तिमा १० हजार नागरिकको अनुहारमा मुस्कान ल्याउनले उद्देश्यसहित स्वास्थ्य सामग्री वितरण गरिरहेको एनआईसी एसिया बैंक क्षेत्रीय कार्यालय धनगढीमा कार्यरत स्वर्गीय हरिपृया भण्डारीकी छोरी श्रद्धा भण्डारीले बताइन् ।

फाउण्डेसनले कसैसंग कुनै आर्थिक संकलन नगरिकन सामाजिक सेवाभावले नेपाली तथा विदेशी नागरिक, पत्रकारसहित १० हजार अनाथ, असहाय, बिपन्न, दलित र विशेषगरी काठमाडौंमा अड्किएका सुदूरपश्चिम र कर्णाली प्रदेशका बालबालिकालाई राहत बितरण गरिरहेको पनि युवा नेता भण्डारीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: