छोरीभन्दा छोराको चाहना बढ्दो


प्रकाशित मिति :2020-07-01 18:25:50

-महिला खबर-

छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या स्थिति २०२० प्रतिवेदनले जनाएको छ । छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने संस्कारले लैङ्गिक भेदभावलाई वढावा दिएको र छोराको छनौट बढी भई नवजात शिशु जन्ममा लिङ्ग अनुपात असन्तुलन बढेको छ । नेपालमा सन् २००५ मा १०० नवजात महिला शिशु जन्म मध्ये १०३ नवजात पुरुष शिशु रहेकोमा सन् २०१५ मा बढेर १०० नवजात महिला शिशु जन्म मध्ये ११० नवजात पुरुष शिशुको जन्म पुगेको थियो । यो तथ्याङकले विद्यमान लैङ्गिक असमानताका कारण छोरीको अवमूल्यन भईरहेको, प्रजनन् दर घटिरहेको तथा छोरीलाई भन्दा छोराको चाहना बढेको हुनाले गर्भपतन गर्ने अभ्यास बृद्धि भैरहेको कुरा प्रतिविम्बित गरेको छ ।

नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूलाई अनुमोदन गरेको छ । परिवारका सदस्यहरू, धार्मिक समुदायहरू, स्वास्थ्य सेवा प्रदायकहरू, व्यवसायीक उद्यम वा राज्य संस्था कुनै पनि निकायद्वारा किशोरीमाथिको हानिकारक अभ्यासहरुको अन्त्य हुन आवश्यक छ । नेपालमा प्रगतिशील कानूनहरू छन् तर कानूनहरू मात्र पर्याप्त छैनन् । त्यसैले बालविवाह र छोरीभन्दा छोराको चाहना बढी रोक्न तत्काल कार्य आवश्यक रहेको प्रतिवेदमा उल्लेख छ । प्रतिवेदन अनुसार प्रत्येक वर्ष लाखौँ किशोरी आफ्नो परिवार, साथीहरु एवं समुदायकोपूर्ण जानकारी र सहमतिमा आफूलाई शारीरिक र भावनात्मक हानी पु¥याउने अभ्यासहरुको शिकार बन्न बाध्य छन् ।

प्रतिवेदनका अनुसार संसार भरिका कम्तीमा १९ हानिकारक अभ्यासहरु मध्ये स्तनाकार मिलाउनेदेखि कुमारीत्व परीक्षणसम्मका अभ्यासहरुलाई मानव अधिकार उल्लङ्घनका रुपमा लिइन्छ । यी अभ्यासहरु मध्ये मूलतः बालविवाह, छोरीभन्दा छोराको चाहना बढी र महिला जनाङ्ग विच्छेदलाई यस प्रतिवेदनले जोड दिएको छ । यूएनएफपीएका कार्यकारी निर्देशक डा. नतालिया कानेम भन्नुहुन्छ, “किशोरीहरू विरूद्धको हानिकारक अभ्यासले गम्भीर प्रकृतिको मानसिक आघात निम्त्याउँछ, जसले उनीहरूको पूर्ण प्रगतिको संभाव्यताको अधिकार हरण गर्दछ ।” बालविवाहको सबैभन्दा उच्च दर रहेको एसियाली देशहरु मध्ये नेपाल पनि हो । नेपालमा किशोर– किशोरी दुवैका लागि विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४० प्रतिशत किशोरीहरुको विवाह १८ वर्षभित्र हुने गरेको छ । किशोरीहरुको शिक्षा र स्वास्थ्य सेवामा पहुँच पु¥याउदै उनीहरुमा लगानी, विवाह गर्ने उमेर बढाउने र छिटो बच्चा नजन्माउने सुनिश्चित गर्नु आजको आवश्यकता रहेको प्रतिवेदनमा सुझाव छ ।

दशकौँको अनुभव र अनुसन्धानले जनस्तरको संलग्नताबाट परिवर्तन ल्याउन सहज हुने यूएनएफपीएको प्रतिवेदनले देखाएको छ । डा कनेमले भन्नुहुन्छ, “समस्याको मूल कारण विशेष गरी लैङ्गिकतामा आधारित भेदभावको मान्यताहरु सम्बोधन गरेर समस्याको समाधान गर्नुपर्छ । किशोरीहरु विरुद्धका यस्ता अभ्यासहरु अन्त्य गर्न समुदायमा जारी रहेका प्रयासलाई हामीले थप उर्जा दिन सकेमा सम्पूर्ण समुदायलाई फाइदा हुने कुरा निश्चित छ ।” प्रतिवेदनले थप जोड दिन्छ, “प्रत्येक महिलालाई समान अवसरको प्रत्याभूति गर्नको लागि किशोरीहरुलाई सहयोग पु¥याउने अर्थव्यवस्था र कानूनी प्रणालीहरूको पुनर्गठन हुनुपर्दछ । उदाहरणका लागि पैतृक सम्पत्तिमा समान हक सम्बन्धी कानून परिवर्तन गर्दा परिवारमा छोरीलाई भन्दा छोरालाई प्रोत्साहन गर्ने परिपाटीको अन्त्य हुन सक्छ ।” १० वर्ष भित्र बालविवाहलाई अन्त्य गर्न किशोरीहरूलाई विद्यालयमा लामो समय राख्ने र जीवनोपयोगी सिपहरु सिकाउने पहलहरुबाट सम्भव छ ।

साथै किशोरहरुलाई सामाजिक परिवर्तनमा सहभागी गराउने गर्नुपर्दछ । विश्वव्यापी रूपमा केही हानिकारक प्रचलनहरूको अन्त्य गर्ने क्रममा प्रगति भइरहेको अवस्थामा कोभिड– १९ महामारीले प्रगतिलाई उल्टो दिशामा धकेल्ने संकेत दिएको छ । सेवा तथा कार्यक्रमहरू छ महिनासम्म यथास्थितिमा रहेको अवस्थामा सन् २०३० सम्म विश्वभरि थप एक करोड ३० लाख किशोरीहरू विवाह गर्न बाध्य हुने अध्ययनले देखाएको छ । डा कनेम भन्नुहुन्छ, “हाल अझै धेरै किशोरीहरु जोखिममा भएकाले महामारीले हाम्रो कामलाई थप जटिल र अझै जरुरी बनाएको छ । सम्पूर्ण किशोरीहरूको अधिकार, छनौट र शरीर पूर्णरूपमा उनीहरुको आफ्नै नहुन्जेल हामी रोकिने छैनौं ।”

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: