-महिला खबर-
कोभिड-१९ को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारलाई तलव दिनुपर्छ काम गराउने तर तलव नदिई भोकै राख्नु भएन ।’ अहिले कोभिड-१९ पत्रकार महिलालाई निकाल्ने बहाना भएको पत्रकार महिलास“गको छलफलमा सभापति खड्काले बताउनुभयो । पत्रकारका समस्या सुनेपछि उहा“ले भन्नुभयो, ‘उर्जाशील समय मिडियामै विताएपछि अर्को पेशामा जाँदा शुन्यबाट सुरु गर्नुपर्छ त्यसैले महिलालाई अझ बढी असर परेको छ ।’
समिति सदस्य गणेश कुमार पहाडीले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । ‘पत्रकारले समयमै तलव नपाउने समस्या पुरानै भएपनि अहिले कोभिड-१९ ले अझ असर गरेको छ ।’ समिति सदस्य रङगमति शाहीले राजनीतिबाट न्याय पाइन्छ भनेर यसमा लागे पनि महिला भएकोले विभेद खेप्नु परेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महिलाले कोभिड १९ पछि आइपरेका समस्या सुनाएका थिए । कोभिड १९ पछि अधिकांश सञ्चारमाध्यम बन्द हुँदा धेरै पत्रकारको जागिर गएको छ । यसको असर पत्रकार महिलामा बढी परेको सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारले सधैं कर्तव्य पुरा गरे तर मिडिया हाउसले कर्तव्य पुरा गरेनन् ।’ कोभिडले महिला पत्रकारमा पर्न गएको समस्यालाई सम्बोधन गर्न समूहले कोष स्थापना गर्न लागेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो । निजी र सरकारी दुवै सञ्चारगृहमा महिला नेतृत्वमा नभएको र नेतृत्वमा पु¥याउन समूहले सधै माग गर्दै आएको उहाँले बताउनुभयो ।
त्यसैगरी प्रेस काउन्सिल नेपालकी सदस्य संगिता खड्काले पत्रकारको अवस्था बिकराल रहेको बताउनुभयो । काउन्सिलले सञ्चारमाध्यममा गरेको अनुगमनले यस्तो अवस्था देखाएको हो । उहाँले भन्नुभयो, ‘मिडियाले सरकारसँग सहुलियत लिएर पनि पत्रकारलाई जागिरबाट निकाल्न हुँदैन ।’ अहिले पत्रकार महिलामा आर्थिक र मानसिक समस्या बढ्दै गएको क्रियाशील पत्रकार महिलाकी अध्यक्ष अमिका राजथलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै समय यहि क्षेत्रमा रहेका पत्रकार महिलामा निराशा बढ्दै गएको छ ।’
Comment Here!