गलत काम गर्ने बालगृहलाई कडा कार्वाही गर्ने चेतावनी


प्रकाशित मिति :2020-08-26 18:46:52

-महिला खबर-

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गलत काम गर्ने बालगृह माथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री गुरुङले बालबालिकाको हितमा केन्द्रित भएर काम  गर्न सम्बन्धित सबै निकायलाई आह्वान पनि गरे । कोभिड–१९ संकटका बेला अनाथ, असहाय बालबालिकाहरु झनै जोखिममा परेका छन् । मंगलबार काठमाडौंमा आयोजित कोभिड–१९ संकटका बेला बाल संरक्षणका लागि दक्षिण एशीयाली राष्ट्रहरुबीचको सहकार्य विषयक भर्चुअल बैठकमा बोल्दै उनले भने,‘जोखिममा परेका त्यस्ता बालबालिकाहरुको संरक्षण गर्न दक्षिण एशीयाली राष्ट्रहरुबीच अझै बलियो सहकार्यको आवश्यक्ता छ ।’

मन्त्री गुरुङले सरकारले अनाथ तथा असहाय बालबालिकाहरुको उचित व्यवस्था हुने गरी बालबालिका सम्बन्धि १० वर्षे रणनीतिक योजना तयार पार्ने कामलाई अन्तिम चरणको पु¥याएको पनि जानकारी दिए ।

उनले एक वर्ष भित्र नेपाललाई सडक बालबालिका मुक्त देश घोषणा गर्ने तयारी भई रहेको बताए । कोभिड–१९ र बाढि/पहिरोको कारण यसै वर्ष सडक बालबालिका मुक्त बनाउने सरकारको अभियान पूरा हुन नसकेको मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले अनाथ तथा गरिव बालबालिकाको संरक्षण र उनीहरुको शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: