वेचिएकी म


प्रकाशित मिति :2020-09-05 07:14:49

-रोशनी कार्की-

बेईमानी, बदनियत र बदमासीको पराकाष्ठाबाट
डर, त्रास धम्की र प्रलोभनको शिकार भई
आज म यही समाजमा बेचिएकी छु
बेईमानहरुलाई आश्रय दिने,
बदनियतलाई नियत ठान्ने र
बदमासलाई ईमान्दार मान्ने यो समाजमा
आज म किन चिच्याई चिच्याई न्यायका लागि कराईरहेछु ।
साँझ सबेरै सबका अगाडि आज म लुटिएकी छु
दुई हात जोडी म मेरो अस्मिता फर्काउन हारगुहार खोजिरहेछु
तर मलाई हेरेका सबै र मलाई देखेका सबै घरभित्र छिरिरहेछन्
झ्याल ढोका बन्द गरी लुकिरहेछन्
मेरो अस्मिता लुटिरहेछन्
मलाई वेचीरहेछन् ।।

सरकार
समानताको हक दिन्छु भन्छ, स्वतन्त्रताको हक दिन्छु भन्छ
तर खोई कहाँ छ समानता र स्वतन्त्रता
खोई कहाँ छन् सरकारका पुलिस र प्रशासन
सरकारको लोकतन्त्र, सामाजिक न्याय र सुरक्षा
के कागजमा लेखिन मात्रै हो ?

सरकार , यदि तिम्रो लोकतन्त्र यहि हो भने,
तोक मेरो जवानीको मूल्य
खन्याउ मेरो शरिरमा एसिड,
लुछ सन्तानको अमृतरुपी स्तन र खेल सृष्टिको मुहानमै ।

प्रशासन
शासनको दम्भले फुलेको र कहिल्यै टुसाउन नसक्ने प्रशासन
नीति, नियम , योजना र कार्यक्रमको ठेली बोकेर
वित्तीय प्रगति र भौतिक प्रगति सुनाउदै गर्दा
समाजमा म जस्तै बेचिएकी लुटिएकी चेलीको चित्कार सुन्ने होइन ।
पटक पटक मेरो अस्मिता लुटिएको वर्णन सुन्न मस्त छ ।।

न्याय
ठूला ठूला कितावि ज्ञानको
घोकन्ते र धावन्ते खेतीबाट हुर्किएको न्यायालय
स्वविवेक र स्वतन्त्र मनहरुलाई, पद पावर र पैसामा साटिरहेछ
बलिष्ट बाहुबलबाट वेचिएकी म स्वयं बलियो प्रमाण हुँदाहुँदै
काल्पनिक र बैकल्पिक प्रमाण रोजिरहेछ

संचार माध्यम
कैयौं चोटहरु बेचेर प्रगति खोज्ने संचार माध्यम
म बेचिएको खबरलाई रंगरोगन र मरमसला बनाएर
फुक्नै व्यस्त छ सुन्न सुनाउनै मस्त छ
केबल कमाउने र जमाउने सोचमै मग्न छ
अस्मिताको छताछुल्ल क्यामराको आहार छ
मेरो गाम्भिर्यता र संवेदनशीलता कहाँ यिनलाई ख्याल छ ।

समाज
लाग्छ पुरुष नै समाज र समाज नै पुरुष
म हार गुहार मागिरहेछु तर समाज नाता,कुटुम्ब,ईज्जत भन्दै
अपराधी जोगाईरहेछ ,अपराध स्वीकारिरहेछ
पीडक समाजमै अपराधको कारखाना चलाईरहेछ
म समाजबाट बिटुलिएर पुनर्स्थापित भैरहेछु
घर र समाजबाट उल्टै म पीडित अपहेलित भैरहेछु ।

पीडित
मंगला सहाना, माईती, शक्ति र आफन्तको आश्रयमा रमाउँदै
सुनिता, चरीमाया जस्ता बहादुरीको संघर्षलाई पछ्याउँदै आँशुलाई शक्तिमा बदलेर
म जस्तै अन्य चेलीको बेचविखन र ओसारपसार रोक्न
आज बुलन्द आवाज फुकिरहेछु ।।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: