सामाजिक उद्यमशीलता कोष स्थापना हुने


प्रकाशित मिति :2020-09-11 10:02:36

-महिला खबर-

काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने गरी काम गर्न समाज कल्याण परिषदका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

मन्त्री गुरुङले समाज सेवा, मानव सेवाजस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि देखिने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन परिषदका कर्मचारीहरुलाई सचेत समेत गराउनु भयो । बिहीबार परिषदको ललितपुरस्थित केन्द्रिय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको विदाई समारोहमा बोल्दै उहाँले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन परिषदले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सोचलाई अघि बढाएको स्पष्ट पार्नु भयो । सामाजिक संघ, संस्थाहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने परिषदका अध्यक्ष समेत रहनु भएका मन्त्री गुरुङको भनाई थियो ।

उहाँले परिषदलाई आफ्नो लक्ष्य हासिल हुने गरी काम गर्न सक्ने बनाउन आवश्यक सुझाव दिन पनि परिषदका कर्मचारीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा मन्त्री गुरुङले योग्यता र क्षमताको आधारमा कर्मचारीहरुलाई जिम्मेवारी दिने मापदण्ड तय गरिएको उल्लेख गर्दै सोही अनुसार अघि बढन पनि परिषदका पदाधिकारीहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले परिषदको कामलाई गतिशील बनाउन कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि आवश्यक सबै खालको तालिम, प्रशिक्षणलगायतका व्यवस्था गर्ने बताउनु भयो ।

कार्यक्रममा परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले सामाजिक उद्यमीलताको माध्यमबाट सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन, परिमार्जन गर्ने कामलाई अघि बढाइएको मन्त्री गुरुङलाई जानकारी गराउनु भयो । सदस्य सचिव पुस्कर खातीले सुशासन र परिणाममुखि कामको माध्यामबाट परिषदको कामलाई अघि बढाउने योजना तय गरिएको बताउनु भयो । कार्यक्रममा मन्त्री गुरुङले परिषदको वेबसाईटको पनि शुभारम्भ गर्नु भएको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: