लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता


प्रकाशित मिति :2020-09-16 20:01:22

-महिला खबर-

कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै नभएको आरती चटौतले बताइन् । सञ्चारिका समूह नेपाल र फ्रीडरिक इबर्ट स्टिफ्टुङ्ग नेपालले आयोजना गरेको ‘कोभिड १९ महामारीमा पत्रकार महिलाको भूमिका र चुनौती’ विषयक भर्जुअल सम्मेलनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै लैङ्गिक विश्लेषक तथा सञ्चारकर्मी चटौतले भनिन्, ‘पारिवारिक समय र काममा सामन्जस्यता मिलाउन नसक्नु धेरैको समस्या बनेको छ ।’ पारिश्रमिक कटौती, रोजगारीको अनिश्चितता तथा स्वास्थ्यको जोखिमले अनिन्द्रा र स्वास्थ्य समस्या बढेको उनले बताइन् । तनावका बीच नयाँ नयाँ प्रविधिसँग जोडिएर अफिसको काम गर्नु पर्ने र घरको पनि काम सक्नुपर्ने कारण पत्रकार महिलालाई घरमै बसेर काम गर्न पनि समस्या रहेको उनको बुझाइ थियो ।‘यस्ता समस्याको बावजुद पनि सही सूचना दिएर मानिसलाई सुसूचित बनाउन हाम्रो महत्वपुर्ण भूमिका हुन्छ । त्यसमा पनि अनुसन्धानले भन्छ पत्रकार महिला बढी सत्यतथ्यमा आधारित समाचार लेख्छन् र भ्रम फैलाउने काम कम गर्छन्,’ चटौतले भनिन् ।

समूहले आयोजना गरेको सम्मेलनमा देशभरबाट एक सय जना पत्रकार महिलाको सहभागिता थियो । सबै पत्रकार महिलाको प्रतिनिधित्व गर्दै न्युज एजेन्सी नेपालकी अध्यक्ष एवं सम्पादक कृष्णा पौडेलले ‘मिडियामा महिला लगानीकर्ता र कोभिड-१९ को असर’ मा कार्यपत्र प्रस्तुत गरिन् । कार्यपत्रमा उनले मिडियामा महिलाको लगानी कम भएको र भए पनि पारिवारिक साझेदारीमा नाम मात्र रहेको बताइन् । भनिन्, ‘ठूला मिडिया हाउसमा पुरुष छन् महिला भए पनि आफन्तको नामसँग जोडेर मात्र राखिन्छ ।’ पत्रिकाको र टेलिभिजनको तुलानामा रेडियोमा भने महिला लगानीकर्ता र स्टेसन म्यानेजर महिला तुलनात्मकरुपमा बढी रहेका छन् । उनले भनिन्, ‘महिलासँग पैसा नहुनु र बैंकले पनि मिडिया लगानीमा ऋण नदिएको कारण लगानी कम छ ।’ मिडियालाई उद्योग मानेर ऋण दिए पत्रकारितामा टिक्न पत्रकार महिलालाई सजिलो हुने पौडेलको सुझाव छ ।

यस्तै गरी पत्रकार पार्वती पाण्डेले राजधानी बाहिर रहेर काम गर्दाको समस्या र कोरोनामा अफिसबाटै काम गरेका अनुभव कार्यपत्रमा प्रस्तुत गरेकी थिइन् । पत्रकार दुर्गा देवकोटा, रुपा गहतराज, स्मिता अधिकारी, अजिता अधिकारी, मनिका झा लगायतले आफ्नो प्रदेशमा काम गरिरहेका पत्रकार महिलाका समस्याका विषयमा बोलेका थिए । भाडामा बस्ने र बच्चा सानो भएका पत्रकार महिलालाई काम गर्न अझ गाह्रो रहेको जुम्लाकी कृष्णमाया उपाध्यायले बताइन् । भनिन्, ‘भाडामा बस्ने पत्रकारलाई कोरोना ल्याउली भनेर घरबेटीको दवाब अनि दुर्गममा प्रविधिसँग जोडिएर मिटिङ र काम गर्न समेत समस्या छ ।’ कार्यालय बन्द हुने र फोन नउठाउने कारण समाचार स्रोतमा समेत गाह्रो रहेको उपाध्यायको अनुभव छ ।

महिलाले जहिले पनि महिला विटमा काम गर्ने र मिडिया हाउसले पनि महिला विटमा मात्र काम लगाउने कारण धेरै महिलाले अहिले जागिर गुमाउनु परेको पत्रकार अमृता अनमोलले बताइन् । भनिन्, ‘तिमीहरुलाई सुरक्षा हुँदैन, बच्चा हेर, घरमै बस भनेर अहिले कामबाट निकाल्ने बहाना भएको छ । त्यसैले पत्रकार महिला जुनसुकै विटमा काम गर्न सक्ने बनाउन र बन्न प¥यो ।’ सुरक्षा सामग्री विना नै स्थलगतरुपमा काम गर्नुपर्दा फोटो पत्रकार अझ जोखिममा रहेको फोटो पत्रकार वर्षा शाहले बताइन् । भनिन्, ‘हामी त झन् फिल्डमै जान प¥यो । यस्तोबेला जोखिम बढी छ ।’ आम्दानीमा गिरावट आएको कारण धेरै पत्रकारले विना तलव र पाएकाले पनि कम पाएको कारण लेखनवृत्तिको माग पत्रकार महिलाले गरेका छन् ।

कोरोनाले पारेको प्रभावपछि पत्रकार महिलाको अवस्थाको बारेमा सही तथ्याङ्क बाहिर ल्याउनको लागि पनि उनीहरुको माग थियो । कोरोनापछि विश्वमा समाचार हेर्नेको सख्या २१९ % ले बढेका कारण यसको महत्व बढेको तर पत्रकारको आर्थिक अवस्था धरासायी भएको सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले बताइन् र भनिन्, ‘हरेक विपत्तिमा सञ्चारक्षेत्र शक्तिशाली माध्यम हो तर यस्तोबेला सञ्चार उद्योग धरासायी छ ।’ नेपालमा पत्रकार महिलाको लागि यो सहज समय नभएको पण्डितले बताइन् । भनिन्, ‘यस्ता समयमा हाम्रा चुनौती थुप्रै छन् । वेरोजगार हुनु, काम गरेर पनि तलव नपाउनु र काम गर्न जा“दा स्वास्थ्य समस्या अर्कोतिर छ । आर्थिक र स्वास्थ्य समस्याका बीच हामीले संभावना पनि खोज्न सक्नुपर्छ ।’ कार्यक्रममा समूहकी उपाध्यक्ष कमला पन्थीले विश्वभर सबैको समस्या उस्तै भएको कारण समस्याको सामना गरेर अगाडि बढ्नु पर्ने बताइन् र भनिन्, ‘यो सबैको समस्या हो । हामीले समस्याको सामना गरौं र समाधान खोजौ ।’ फ्रीडरिक इबर्ट स्टिफ्टुङ्गका नेपालस्थित आवासीय प्रतिनिधि जोनाथन मेजनले अहिले विश्वमा नै समस्या भएको र नेपालमा झन् बढी भएको बताए ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: