उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या


प्रकाशित मिति :2020-09-17 19:30:00

-महिला खबर-

कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको महिला उद्यमीले बताएका छन् । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको अनलाइन प्रेस बैठकमा बोल्दै उनीहरुले आफ्ना समस्या राखे ।

कोरोनापछि व्यापार गर्ने महिलाका लागि ऋण दिने भने पनि त्यसको लागि प्रपोजल लगायतका कुरामा सामान्य उद्यमीको पहुँच नहुँनाले समस्या भएको महासंघकी अध्यक्ष रिता सिंहले बताइन् । भनिन्, ‘ऋण लिने वातावरण सहज भए महिलालाई व्यवसायमा टिक्न सजिलो हुने थियो ।’ कार्यक्रममा संस्थाकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले सञ्चारमार्फत सकारात्मक सन्देश फैलाएर आशाको संभावना खोज्नुपर्ने बताइन् । भनिन्, ‘विपतमा मिडियाको भूमिका महत्वपुर्ण हुन्छ । आज हामीले बाँच्न सिकायौं भने प्रगती गर्न सक्छौं ।’

उपत्यकामा १ सय २५ उद्यमी रहेको महासंघको ५० वटा जिल्ला शाखा छन् । अहिले गाउँमा बजारीकरणको समस्या भएकोले अनलाइन बजारीकरणमा तालिम दिएको संस्थाकी कार्यकारी निर्देशक अनामिका सिंह भण्डारीले जानकारी दिइन् । यस्तो समयमा पनि आफुहरुले कसरी काम गर्न सकिन्छ र जिल्लासम्म कसरी उद्यमी महिला बनाउने भन्नेमा आफुहरु लागेको प्रथम उपाध्यक्ष निरु खत्रीले बताइन् ।

उद्यमशीलता विकास कोष सरकारले बनाए पनि चाहेको जस्तो सजिलो नभएको कारण व्यवहारिकतामा ध्यान दिनुपर्नेमा संस्थाकी तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठको सुझाव छ । कर्मचारीको रोजीरोटीको लागि पनि आफुहरुले जोखिम मोलेर कोरोनाको समयमा काम गरिरहेको चतुर्थ उपाध्यक्ष हजुरी विष्टले बताइन् । भनिन्, ‘हामीसँग धेरैको रोजगारी जोडिएको छ ।’ महिलाले अझ कर्मचारीको संवेदना बुझेर कामबाट निकाल्न नसक्ने कारण महिलाले चलाएका व्यवसायलाई सबैले सहयोग गर्नुपर्ने उनीहरुको माग थियो । संस्थाकी सचिव बसन्ती प्रधानले आफुहरु ऋण लिन जाँदा तपाईंहरु जस्ता खान पुग्ने महिलाको लागि होइन भन्ने जवाफ पाएको बताइन् । भनिन्, ‘हामीले त सकेका छैनौं ऋणको प्रक्रिया पु¥याउन अझ ग्रामिण महिलालाई समस्या भएको र यसलाई सजिलो बनाउन पर्छ ।’ कार्यक्रममा बोल्दै सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले महिला उद्यमी समय अनुसार चल्नुपर्ने बताइन् र भनिन्, ‘हामीले संकटमा व्यवसाय कसरी चलाउने र त्यसको व्यवसायीकरणमा आधुनिकता ल्याउनुपर्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: