खाद्यान्न सहयोग


प्रकाशित मिति :2020-09-18 17:00:18

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण तथा जोखिम बढिरहेका बेला समस्यामा परेका दैनिक ज्यालादारी काम गर्ने तथा वडाका विपन्न, एकल महिला, बालबालिका गरि ६० जनालाई खाद्यान्नका सामग्री सहित राहत वितरण गरिएको हो ।

वी आर्सी नेपालको आर्थिक सहयोग, मंगलसेन नगरपालिकाको समन्वय र अछाम जेसिजको आयोजनामा मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ र वडा नम्बर ६ मा वितरण गरिएको राहतमा प्रति व्यक्ति २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, २ वटा हात धुने साबुन, १ केजी चिनी र १ केजी नून गरि कम्तीमा १४ दिन सम्म खान पुग्ने खाद्यान्न सामग्री भौतिक दूरी कायम गर्दै वितरण गरिएको अछाम जेसिज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसीले जानकारी दिए ।

राहत वितरण गर्दै मंगलसेन नगरपालिकाकी उपप्रमुख सरिता उपाध्यायले कोरोना भाइरसको महामारी, बाढी पहिरोले पु¥याएको क्षति तथा समस्याका बीच बी आर्सी नेपालको सहयोगमा अछाम जेसीजले राहत वितरण गरेकोमा खुसी व्यक्त गरिन् । उनले मंगलसेन नगरपालिकाले पनि महिला तथा विपन्न वर्गका लागि विभिन्न काम गरिरहेको भन्दै उद्यम, व्यवसाय र आत्मनिर्भर बन्न चाहने महिलाहरु तथा उद्यमीका लागि सधैँ तत्परताका साथ काम गर्ने बताइन् ।खाद्यान्न सहयोगले आफुलाई ठुलो सहयोग पुगेको सहयोग प्राप्त गर्नुभएका महिलाहरुले बताएका छन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: