-महिला खबर-
गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण गर्दै प्रेस वक्तव्य नै निकालेको छ । यसै विषयमा छलफल गर्न संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको वैठकले महिला सहभागिता नभएको कारण खोज्दै आगामी दिनमा उनीहरु सहभागी हुने वातावरणको सिर्जना गर्ने बताए ।
बैठकमा भएका कमिकमजोरी र त्रुटिकाबारे आत्मआलोचना गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोराउने प्रतिवद्घता व्यक्त गरेका थिए । उक्त बैठकमा क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, युवा संयोजक विमला सापकोटा र राष्ट्रिय समन्वय परिषद् क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेको उपस्थिति थियो ।
Comment Here!