-महिला खबर-
पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका वडा नम्बर ४ घर भएकी २३ वर्षकी पहराई सोहि नगरपालिकाको वडा नम्बर ५ को जंगलमा मृत फेला परेकी हुन् । कैलाली एफ.एममा कार्यरत उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
निर्मला केहि दिनअघि घरबाट सम्पर्क विहिन थिइन् । उनको शव पोष्टमार्टमका लागि लगिएको छ । त्यसको रिपोर्ट शनिवार आउने जानकारी दिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comment Here!