सामाजिक सेवा र महिला अधिकार


प्रकाशित मिति :2020-09-22 15:34:15

४१ औं सामाजिक सेवा दिवसको सन्दर्भमा ।

-कल्पना नेपाल आचार्य-

त्याग र समपर्णको भावमा रमाएर
कति पीडा र व्यथा लुकाएर
ओठमा मुस्कान छर्न तम्तयार छौँ ।
आफू जलेर आफ्ना चाहाना,
खुशीहरुलाई थाती राखेर सदा
अरुलाई उज्यालो छर्न तयार बनिरह्यौँ ।
कतै सामाजिक परिचारिका,
कतै शिशु स्याहार,
कतै आश्रमका आमा, बाको सुसार
तिमी अरुकै सेवामा बाँचिरहेयौँ ।
त्यस्तै कतै परिवारको खुशी,
खोज्दा खोज्दै आफैँ अन्यायको
पर्खालभित्र थिचिइरह्यौँ ।
कतै समाजका विकास निर्माणका गतिविधि
पिल्सिइरह्यौँ ।
घरको चूल्हो चौकादेखि नीति निर्माणमा
अग्रसर भएर
ग्रामिण भेगका भिर, कान्ला र गराहरुमा
सेवामुखी भावमा समर्पित यात्रा तिम्रा
शुष्कतामा प्राण भरिरहेका छौँ ।
समाजको काँचुली फेर्नेहरुलाई
हरपल खबरदारी गर्ने तिमी
अन्याय लागि न्यायको विगूल
फुकिरहेका छौँ ।
आफू माथिका दमन, हिंसा र अत्याचारलाई
लुकाएर आफैभित्र हिलो वीच पनि मुस्काइरहेका छौँ
हराएको तिम्रा अधिकारहरुलाई
खोज ग्रामिण बस्ती, दुरदराजका बतिलामा नै
निमोठिएका
फूलहरुमा पनि बशन्तलाई डाकिरहेका छौँ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: