सामाजिक सेवा र महिला अधिकार


प्रकाशित मिति :2020-09-23 09:17:05

-रुपा थापा-

अघि बढ्नु पर्छ छोरी सधै तिमीले
चम्किएर त्यो किरण सरि
यो सामाजिक सेवामा
सारा ती मौनतालाई तोडेर
भर्नुछ अव तिमिले चेतनाका बिजहरू
सह्य हुने छैन भन्दै तमाम ति हिंसाहरू
चेतनाका दियोहरू बाल्दै
तमाम ती नारिहरूको अधिकारको लागि
बालेका ती मसालहरूलाई अब तिमिले
यसरि नै बालिरहनु छ
यो छटपटि हो युगौ देखिको
यो जलन हो शताव्दियौ देखिको
जहा अझै पनि जलाइदैछन् नारी देहहरुलाई
लुटिन्छन् कुटिन्छन् अनि मारिन्छन्
अझै पनि सजिलै संग ति नारी देहहरु
अझै बुलन्द बनाउनु छ आवाज तिमिले छोरी
तमाम ति कु पर्थाहरुको विरुद्ध
खोज्नु छ समाजको ऐना संगै देखिएको
कुरूप ति अनुहारहरू कस्का हुन्
जो अझै स्विकार्न चाहन्न
नारीहरूको बराबर अस्तित्वलाई
गाउँ गाउँमा बस्ति बस्तिमा
उठाउनु छ अव आवाज नारीहरूले
सहन सकुन्जेल सम्म सहेकै हो
तर जलाउने त्यो तापले पनि सिमा नाघे पछि
भो अव सहन्न भनेकै हो
नारीलाई दवाउने पैतालाहरू
अब आफै दविने छन्
नारीलाई दवाउने ती आवाजहरू
अब आफै भासिने छन्
सुरक्षित घर अनि सुरक्षित समाज
सुरक्षित पार्नु छ सबै मिलेर
गर्नु मिलेर समाजको सेवा
सफल हुनेछ अवस्य यो सामाजिक सेवा
आखिर तिमिले युगौ देखि
आगो बनेर एउटा नारिलाई जलाइरह्यौ
उनि विवसताको भुङ्गरोमा जलि नै रहिन्
तर आज अन्तिम पल्ट सोध्दै छिन्
नारिले जल्न अस्विकार गरेको दिन
भन यहा जल्न बाकि के रहन्छ
यो समाजलाई परिवर्तन गर्न
निन्द्रा नलागे पनि निदाय झै गर्नेलाई
सामाजिक सेवा मार्फत
व्युझाउनु छ छोरी तिमिले
अव नारीहरुको स्वतन्त्र अस्तित्वको लागि ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: