-वसन्त आचार्य-
गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि,
जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी !
गर्दछिन् सबको सेवा, त्यागेर ब्यक्तिगत लोभलाभ,
साच्चै महान हुन्छिन् नारी, फैलाउछिन् समाजिक सद्भभाव !
सिङ्गो जगतभरी नै, माया-ममता बाड्नलाई भनी,
आएकि हुन्छिन् महिला, शक्तिशाली देविको रुप बनि !
नर्स, डाक्टर , इन्जिनियर ,पाइलट कोहि कोहि छन् सिपाही,
गरि सत्कर्म कुशलतापुर्वक , भएका छन् सबैको हाइहाइ !
गास, बास, कपास, शिक्षा, स्वास्थ्य अनि रोजगार,
पाउनैपर्छ अनिवार्य रुपमा, महिलाले यी अधिकार !
पाएको खन्डमा बराबर अवसर, पुरषले जस्तै,
गरिदिन्छिन् महिलाले पनि, राम्रा काम प्रशस्तै !
Comment Here!