समाज सेवा र हाम्रो परिवेश


प्रकाशित मिति :2020-09-25 08:59:13

-हिरा दाहाल-

बर्दियाकि बहिनी भात खान नपाएर
देह त्याग गर्न विवश देशमा
समाज सेवा गर्छु भन्न पनि लाज लाग्छ ।

सप्तरीकी बहिनीले आफु बलात्कृत भएं भनेर
हारगुहार गर्दा पनि न्याय नपाई आत्महत्या गर्नुपरेको देशमा
समाज सेवा गर्छु भन्न पनि धिक्कार लाग्छ ।

काठ्माण्डौमा लकडाउनले गर्दा बांच्ने उपाय नभएर
पांच रुपैयामा देह ब्यापार गर्न बाध्य भएकी दिदीको देशमा
समाज सेवा गर्छु भन्दा पनि आत्मग्लानी हुन्छ ।

रत्नपार्कमा भोको पेट भर्न बसेको तांतिलाई
समाजसेवा गरेको नाउंमा पुरस्कार थाप्नेहरुको भिडले विस्थापन गर्दै
आकाशबाट पुष्पबृष्टि बर्साउंदाको हावाहुरीले
उडाउंदै गरेको रीत्तो प्लेटहरु देख्दा
समाजसेवी हुं भन्नपनि मन तितो हुन्छ ।

तरपनि आफुले गरेको सानै कामले पनि
कति किशोरीहरु शोषणबाट बंचिरहेछन्
कति छोरीहरु आत्महत्या गर्न बाट जोगीएकाछन्
कति आमाहरुले आफ्ना छोराछोरीलाई खुवाउन पाएका छन्
कति बहिनीहरु बेचविखन, हिंसा र बलात्कारबाट बंचिरहेका छन् ।

त्यसैले यो ठुलो ब्रम्हाण्डमा एउटा सानो सहयोगीको हिस्सा बनेर
आफु पनि समाजसेवी हुं भन्न पाउंदा गर्व लाग्छ
समस्या नै समस्याले भरीएको देशमा न्युन रुपमा भने पनि
सहयोगी बनि सहयोग गर्न पाउंदा ह्रदय खुशिले भरीन्छ ।

त्यसेैले सामाजिक सेवा दिवसको अवसरमा यो प्रण छ कि
सेवा गर्ने पाईलाहरु यसरी नै लम्कीरहुन
साथदिने हातहरु यसरी नै बढ्दै रहुन
प्रत्येक दिन सेवा दिवस बन्दै जाउन
अनि प्रत्येक दिन सेवा पाउनेले पाउंदै जाउन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: