अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश


प्रकाशित मिति :2020-09-25 18:28:33

-महिला खबर-

ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । गोरखापत्र संस्थानकी प्रबन्ध सम्पादक हरिकला अधिकारीले दायर गरेको रिट निवेदनमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले मङ्गलबार विपक्षीलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि असोज १४ गते बोलाउने आदेश दिएको हो ।

अधिकारीले पत्रकारिता सेवामा आफू ११ तहको हुँदाहुँदै आफूभन्दा कनिष्ठ तह १० को दरबन्दीमा रहेका श्रीधर आचार्यलाई निमित्त प्रधान सम्पादक बनाएको भनी सर्वोच्च अदालतमा गएको भदौ ३१ मा उत्प्रेषणयुक्त परमादेशको लागि रिट दायर गरेकी थिइन् ।

आचार्य निमित्त प्रधान सम्पादक नियुक्त भएलगत्तै तह–१० मा उनीभन्दा वरिष्ठ अच्युत अधिकारीले पदबाट राजीनामा दिएका थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: