-अञ्जना दास परियार-![]()
परोपकारी मन, भावना र कार्यले
सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।
पोथी बास्नु हुन्न भन्ने परम्परागत सोचलाई
बदलिएर त हेरौ कतै
बन्नेछ नयाँ सुन्दर परिवर्तित सामाज सधै ।
छोरालाई झै छोरीलाई पनि
शिक्षा, सीप र अवसरले सफल र खुशी बनाउनेछ सधै ।
परिवार, समाज र राष्ट्र सधै
प्रेम र विकासमा डोरिएको प्रार्थना गर्ने नारी तिमी ।
आफ्नो ज्ञान, सीप र शिक्षाले
परिवार र समाजलाई श्रीजने सुंदर सपना देख्ने नारी तिमी ।
जीवनका कठीन पहाड़ र चुनौतीलाई
सामना गर्न र जित्न सधै तयार रहने
कुशल योद्दा झै नारी तिमी ।
स्नेह, सहनशीलता, सहानुभूति र अदम्य साहसको उत्तम स्रोत नारी तिमी ।
Comment Here!