-अनिता महर्जन-
थाहा थिएन आमा पराइ घरको जिवन शैली
सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर
तर विडम्बना! पराइ शब्द पराइ नै हुँदो रहेछ
कन्यादान त गरीदियौ आमा, पराइको हात थामेर
तर त्यो कन्यादान दान नै भएर गयो
आएन कहिल्यै फर्केर
चार पराइ मानिसलाई आफ्नो बनाउन धेरै त्याग गरें मैले
तर त्यो चार पराइ मानिसले म एउटालाई आफ्नो बनाउन सकेन
विवाहितको नाममा गरें मैले
आफ्नो श्रृङ्गार
जतन गरी राखें मैंले
आफ्नो संस्कार
तर मेरो श्रृङ्गार र संस्कारका मूल्य नै रहेन
पढाई, लेखाई दिनु भयो बा-आमाले
ठूलो मानिस बनेर नाम कमाउने छ भनेर
तर थाहा भएन एउटा नारीको भाग्य
कहाँनिर गएर टुँगिन्छ भनेर।
Comment Here!