“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”


प्रकाशित मिति :2020-10-20 14:03:31

-दिपा मेवाहाङ राई-

हजारौं प्रश्नमा
कसैले सोध्यो भने
ब्रह्माण्ड र आमा को पहिलो हुन्?
निर्धक्क भएर भन्न सक्छु म
आमा !!

जमिन टेक्न अगावै
आमाको पाठेघरको ब्रमान्डबाट
चियाएको हुँ यो जगत
तसर्थ
निर्धक्क भएर भन्न सक्छु म
सृष्टी संरचना पहिलो लिला आमा हुन्

सुन्दर प्रकृति
पहरा जस्तै विशाल छाती
ममताको न्यानो काख
सागरको पानी जसरी निश्च्छलता
कस्को कसैले सोधे
निर्धक्क भएर भन्न सक्छु म
आमा!!

मैले फेरेको पहिलो स्वासमा
आमाको स्वाससंग जीवन गति जोडिएको छ
तसर्थ
संसारको सर्बत्र आमा हुन्

जिब्रो लर्बराऊदै पहिलो तोते वोलीमा
जीवनका लोरी खेल्न
पदचापका शिली टिप्न सिकाउने को हुन भनि सोधे
निर्धक्क भएर भन्न सक्छु म
आमा !!

समाजका असल र खराब बानी
छुट्याउन सिकेको हुँ
तिनै पहिलो पाठशलाबाट
तसर्थ
आमा नै मेरो पहिलो गुरू हुन्

ओठमा खुसिको बिस्कुन फिजाई दिने
न्यायको घाम सेकी दिने
खुशी र आमा को पहिला हुन सोधे?
निर्धक्क भएर भन्न सक्छु म
मेरा लागि आमा नै खुशी हुन्

यदि
मलाई कसैले सोध्यो भने
शान्ति र आमा को पहिला हुन् ?
निर्धक्क भएर भन्न सक्छु म
आमा !!

किनकी
सन्सारका कति ठाउमा पाइला टेके
आमाको काख जति शान्ती अन्त भेटाइन
तसर्थ
“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्” ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: